
कञ्चनपुर । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कंचनपुरको प्रथम जिल्ला भेला हरिश जप्रेलको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन गर्दै सम्पन्न भएको छ । भेलालाई महासंघका अध्यक्ष तथा प्रमुख अतिथि इश्वर तिमिल्सिना, महासचिव वसन्त बोगटी, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य तथा प्रदेश सेक्रेटरी क. चिन्तक, केन्द्रीय सदस्य क. विक्रान्तले सम्बोधन गर्नु भएको थियो ।
महासंघले संगठनका राजनीतिक/सांगठनिक अभियानलाई राष्ट्रिय सम्मेलन केन्द्रित गरेको छ । महासंघले आगामी फागुन १,२ र ३ गते राष्ट्रिय सम्मेलन गर्दै छ ।
