क्रान्तिकारी ट्रेड युनियन महासंघको बैठक सम्पन्न : निर्वाचन बहिष्कार, राष्ट्रिय सम्मेलन तथा संगठन विस्तार अभियान सञ्चालन गर्ने

क्रान्तिकारी ट्रेड युनियन महासंघको बैठक सम्पन्न : निर्वाचन बहिष्कार, राष्ट्रिय सम्मेलन तथा संगठन विस्तार अभियान सञ्चालन गर्ने

 

दाङ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको बैठक भाद्र १६-१७ दाङमा सम्पन्न भएको छ । बैठकले महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले प्रस्तुत गर्नु भएको वर्तमान परिस्थितिको संक्षिप्त विश्लेषण एवं रिपोर्ट आवश्यक बहस सहित अनुमोदन गरेको छ ।

यससँगै बैठकले आगामी संघ तथा प्रदेशको निर्वाचन सशक्त बहिष्कार गर्ने, संगठनका राजनीतिक तथा सांगठनिक अभियानलाई राष्ट्रिय सम्मेलन केन्द्रित गर्ने, असोज-१५ सम्म सबै पेशागत घटक, प्रदेश तथा जिल्ला महासंघका बैठक सम्पन्न गर्ने, आगामी माघ सम्म सबै पेशागत घटक, प्रदेश, जिल्ला महासंघको भेला/सम्मेलन सम्पन्न गर्ने निर्णय गर्दै महासचिव बसन्त बोगटीको संयोजकत्वमा १९ सदस्यीय निर्वाचन बहिष्कार, राष्ट्रिय सम्मेलन तथा संगठन विस्तार अभियान दल निर्माण गरेको छ । एवं महासंघले प्रदेश स्तरमा प्रदेश अध्यक्ष/ संयोजकको संयोजकत्वमा यसप्रकारको अभियान दल गठन गर्ने निर्णय गरेको छ । आगामी फाल्गुन १,२ र ३ गते महासंघको राष्ट्रिय सम्मेलन हुँदै छ ।
बैठकमा महासंघका पूर्व अध्यक्ष दिनेश शर्मा, पार्टी केस समिरको विशेष उपस्तिथि रहेको थियो ।