११ भदौ २०७९
काठमाडौं÷अखिल नेपाल जन सांस्कृतिक महासङ्घ अन्तरगत अखिल नेपाल लेखक सङ्घ, केन्द्रीय समितिको आयोजनामा यही भदौ १८ गते कविता गोष्ठी तथा समाजवादी यथार्थवाद धाराका कविताका बारेमा विचार विमर्श कार्यक्रम गर्ने जनाएको छ ।
‘कविता र कविता चर्चा’ शीर्षक दिइएको उक्त विचार गोष्ठीका प्रमुख वक्ता माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्य रहेका छन् भने अन्य वक्ताहरूमा निनु चापागाईं, ताराकान्त पाण्ड्य र भूपाल राई रहेको सङ्घका अध्यक्ष मित्रलाल पंज्ञानीले जनाएका छन् ।
उक्त गोष्ठी काठमाण्डौ, घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा हुने आयोजक संस्थाले बताएको छ । अध्यक्ष पंज्ञानीका अनुसार उक्त गोष्ठीमा प्रगतिवादी धाराका समकालीन चर्चित १७ जना कविहरूका छानिएका कविता वाचन हुने छन् भने तिनै कविताहरूमा टेकेर वर्तमानमा प्रगतिवादी धाराका कविता लेखनका समस्या, चुनौति र कविताले समाज रुपान्तरण अभियानमा खेल्ने भूमिकाका बारेमा विहङ्गम चर्चा हुने छ ।
वाचित कविताहरूमा वरिष्ठ समालोचक ताराकान्त पाण्डे्य र भूपाल राईले विचार र कला बारेमा समीक्षा गर्ने छन् । त्यसैगरी माक्र्सवादी सौन्दर्य चिन्तक द्वय चैतन्य र निनु चापागाईले समग्रमा प्रगतिवादी धाराको कविता लेखनमा सौन्र्दय दृष्टिकोणको प्रस्तुति सहितको सौन्दर्यशास्त्रीय विषको प्रशिक्षण मुलक विचार प्रस्तु गर्ने जनाईको छ ।
उक्त कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण साहित्यप्रेमी, कवि तथा साहित्यकारहरूमा अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिले हार्दिक निमत्रणा समेत गरेको छ ।