काठमाडौं । कपिलवस्तु जिल्ला वाणगंगा न.पा. ३ सिउटी निवासी किसान राम विलास थारु र सोही न.पा. वडा नं. ११ मैनहरा बस्ने नाखु थारुको जग्गा लिलामी विक्री नगर्न नेकपा (क्रान्तिकारी माओवादी) कपिलवस्तुले एक प्रेस वक्तव्य जारी गरी बेष्ट फाईनान्स कम्पनी (BEST FINANCE COMPANY LTD. SANJAY  BAJIMAYA)लाई चेतावनी दिएको छ । किसान राम विलास थारुले उक्त फाइनान्समा दृष्टिबन्धक गरी ९ लाख ९० हजार र सोही न.पा. वडा नं. ११ मैनहरा बस्ने नाखु थारुको ३ कट्ठा १७ धुर जग्गा उक्त कम्पनीले दृष्टिबन्धक गरी ९ लाख ९० हजार ऋण लगानी गरेकोमा ऋणीले हालसम्म ब्याज बुझाउँदै आएको अवस्थामा उक्त ऋणीहरुलाई कुनै पूर्व जानकारी नै नदिई एक्कासी उक्त ऋणीहरुको जग्गा–जमिन संस्थाको नाममा नामसारी गरी सकेको र तेश्रो व्यक्तिलाई लिलामी विक्रि वितरण गर्न थालिएको उल्लेख गर्दै यस्तो चेतावनी दिएको हो ।
उक्त फाइनान्सले ऋणीलाई जग्गाविहिन बनाएको घटनाले उक्त संस्थाप्रति ६ दलको गम्भिर ध्यानाकर्षण गराउँदै सर्वप्रथम बेष्ट फाईनान्स कम्पनी लि.लाई उक्त निर्णय तुरुन्त बदर गरी निज किसानहरुको जग्गा, किसानकै नाममा फिर्ता गर्न र ऋणी किसानहरुबाट सहज रुपमा समान्य सावा, ब्याज अशुल गर्नुको साथै कार्वाहीलाई अगाडी नबढाउन विनम्र अनुरोध गरिसकिएको समेत उल्लेख गर्दै वक्तव्यमा यस्तो सदासयपूर्ण अनुरोधलाई बेवास्ता गरी निज पिडित किसान विरुद्ध कार्वाही प्रक्रियालाई अगाडी बढाइए त्यसबाट उत्पन्न हुने परिणामप्रति सम्बन्धित फाइनान्स नै जवाफदेही हुनुपर्ने चेतावनी दिएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी)का कपिलवस्तु इन्चार्ज शिशिर र सेक्रेटरी कमल उप्रेतीले भदौ १० मा जारी गरेको वक्तव्यमा भनिएको छ, “ नेपाली जनताको लामो संघर्ष पश्चात नेपालमा गणतन्त्र स्थापना भएको छ । यद्यपी यो गणतन्त्र नेपाली जनताको चाहाना र आवश्यकता अनुरुपको छैन । नेपाली जनताको संघर्षको मूल उद्देश्य, चाहाना र आवश्यकता भनेको नेपालमा श्रमजीवी जनताको नेतृत्वमा स्थापना हुने संघिय जनगणतन्त्र हो । अहिलेको गणतन्त्र भनेको बुर्जुवा अर्थात उनै हिजोका र आजका शोसक, सामन्त र दलाल तथा नोकरशाही पूजीपतिको गणतन्त्र हो । यो गणतन्त्रमा हिजोकै सत्तासिन मानिसहरु नयाँ अनुहारमा अहिले पनि सत्तासिन बन्न पुगेका छन् । हिजोका साहु महाजन, सामन्त दलाल तथा नोकरशाही पूजिपतीहरु राणा र पंचायतीकालमा जस्तै गरीव किसानहरु, निर्धा, निमुखा जनता माथि विभिन्न लघु वित्त, फाईनान्स कम्पनी, भू–माफिया दलाल तथा मीटरब्याजी सुदखोर द्वारा कथित ऋण लगानी गर्ने बहानामा गरीव किसानहरुलाई उनीहरुको चल, अचल, टुक्रो, बुकुरोलाई दृष्टिबन्धक गराई अत्यन्त चर्को ब्याजमा ऋण लगानी गरेका छन् । गरीव किसानहरुले भाकामा ऋण नबुझाए, मूलधनको ब्याज र ब्याजको स्याज, हर्जाना सहितको ब्याजलाई पुन ःमुलधनमा गाभी त्यसको पनि ब्याज, स्याज, हर्जाना गर्दै २÷४ वर्षमै मूलधनको दोब्बर, तेब्बर रकम बनाई गरीवले तिर्नै नसक्ने अवस्थामा पु¥याएर उनीहरुको दृष्टिबन्धक रहेको जग्गाजमिन आफ्नो नाममा गराई गरिव किसानहरुलाई बेदखल गरी उठिवास लगाउने कार्य गर्दै आएका छन् । यी घटनाहरुलाई लिएर अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)को गंभिर ध्यानाकर्षण भएको छ । यसै विषयलाई लिएर ६ दलिय “संयुक्त किसान संघर्ष समिति” सरकार समक्ष आफ्ना ५९ सुत्रिय माग राखेर ३ महिने अल्टिमेटम सहित संघर्षको तयारी गरी राखेको छ ।
यसै संदर्भमा कपिलबस्तु जिल्ला वाणगंगा न.पा. ३ सिउटी निवासी राम विलास थारुको गजेहडा स्थित ५ कट्ठा १७ धुर जग्गा बेष्ट फाईनान्स कम्पनी (BEST FINANCE COMPANY LTD. SANJAY  BAJIMAYA_ले दृष्टिबन्धक गरि ९ लाख ९० हजार ऐ नपा वडा नं. ११ मैनहरा बस्ने नाखु थारुको ३ कट्ठा १७ धुर जग्गा उक्त कम्पनीले दृष्टिबन्धक गरी ९ लाख ९० हजार ऋण लगानी गरेकोमा ऋणीले हालसम्म ब्याज बुझाउँदै आएको अवस्थामा उक्त ऋणीहरुलाई कुनै पूर्व जानकारी नै नदिई एक्कासी उक्त ऋणीहरुको जग्गा–जमिन संस्थाको नाममा नामसारी गरी सकेको र तेश्रो व्यक्तिलाई विक्रि वितरण गर्न थालिएको र ऋणीलाई जग्गाविहिन बनाएको घटनाले उक्त संस्थाप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामी सर्वप्रथम बेष्ट फाईनान्स कम्पनी लि.लाई उक्त निर्णय तुरुन्त बदर गरी निज किसानहरुको जग्गा, किसानकै नाममा फिर्ता गर्न र ऋणी किसानहरुबाट सहज रुपमा समान्य सावा, ब्याज अशुल गर्नुको साथै कार्वाहीलाई अगाडी नबढाउन विनम्र अनुरोध गर्दछौं । हाम्रो सदासयपूर्ण अनुरोधलाई बेवास्ता गरी यसका विरुद्ध कार्वाही प्रक्रियालाई अगाडी बढाई ऋणी किसानहरु माथि दुब्र्यवहार गरियो र आफ्नो जग्गा जमिनमाथि हकभोग बन्द गरियो भने यसबाट निस्कने गंभिरण परिणामको जवाफदेयी स्वयं बेष्ट फाईनान्स कम्पनी हुने ब्यहोरा चेतावनीको रुपमा अवगत गराउन चाहान्छौं । हामी किसानहरु माथि हुने यस्ताखाले उत्पिडनका विरुद्ध जस्तोसुकै मूल्य चुकाउन तयार रहँदै आएका छौं । यो विषयलाई बेवास्ता गरियो वा सामान्यीकरण गरेर कार्वाही प्रकृया अगाडी बढाइयो भने परिणाम गंभिर निस्कने कुरा प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्दछौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर