वर्गदृष्टि मिडिया प्रा.लि.को केन्द्रीय प्रकाशन समितिको बैठक सम्पन्न

वर्गदृष्टि मिडिया प्रा.लि.को केन्द्रीय प्रकाशन समितिको बैठक सम्पन्न

काठमाडौं । वर्गदृष्टि मिडिया प्रा.लि.को केन्द्रीय प्रकाशन समितिको बैठक  सम्पन्न भएकाे छ । मिडियाकाे कार्यालय कुपोन्डोलमा बिहीबार भएकाे बैठकले सम्पादन र व्यवस्थापनलाई थप स्तरीय र  प्रभावकारी बनाउने, प्रा.लि.बाट सञ्चालित वर्गदृष्टि साप्ताहिक, मूलबाटाे डटकमकाे बजार व्यवस्थापनलाई व्यवस्थित बनाउने, व्यावसायिक र माैसमी विज्ञापनका लागि सातवटै प्रदेशका स्राेतहरुलाई परिचालन गर्ने निर्णय गरेकाे केन्द्रीय प्रकाशन समितिका संयाेजक तथा वर्गदृष्टि मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक हुकुम बहादुर सिंहले जानकारी दिनुभयाे ।
बैठकमा वर्गदृष्टि मिडिया प्रा.लि.का अध्यक्ष रामसिंह बुढाथोकी, मूलबाटाे डटकमका सम्पादक हिरामणि दुःखी, वर्गदृष्टि साप्ताहिकका सम्पादक इन्द्र राउतकाे समेत उपस्थिति रहेकाे थियाे ।
बैठकमा प्रकाशन समितिका सातवटै प्रदेशका संयाेजकहरुकाे उपस्थिति रहेकाे थियाे । प्रदेश १ बाट अप्सरा बानियाँ निरौला , प्रदेश २बाट सञ्जय सिंह, प्रदेश ३ बाट गाेर्की श्रेष्ठ, प्रदेश ४बाट  नारायण अधिकारी, प्रदेश ५ बाट राजु भुजेल, प्रदेश ६ बाट राजन बुढा र र ७ नं.प्रदेशबाट धनञ्जय अवस्थीकाे उपस्थिति रहेकाे थियाे ।