
१. विषय प्रवेश
लेनिन(१८७०—१९३०) नै पहिलो दार्शनिक हुनुहुन्थ्यो, जसले साम्राज्यवादका बारेमा गहन अध्यन गर्दै यो बताउनु भएको थियो कि पुँजीवाद आफ्नो उच्चतम चरणमा पुगेको छ जसलाई साम्राज्यवाद भनिन्छ । र, साम्राज्यवादको चरणमा, पुँजीवादले उसको सम्पतिमाथिको अहङ्कारी चरित्रका कारण स्वतन्त्र प्रतिस्पर्धाको महत्व हराउँदै जान्छ र उसले आफ्नो आधिपत्य कायम गर्छ । र त्यसलाई एकाधिकार पुँजीवाद भनिन्छ ।
यद्यपि, विश्वभरीका अवसरवादीहरू र संशोधनवादीहरूले पुँजीवादको त्यो वास्तविक स्वभावलाई लुकाउने र उसको पहिचानमा नै कठिन बनाउने कोशिस गर्दै आएका छन् र यसको रक्षा गर्न खोज्दै आएका छन् । काउटस्कि, टट्स्कि र ख्रुश्चेभ साम्राज्यवादलाई एउटा प्रगतिशील चरित्रको मान्यता दिनमा एक्ला थिएनन् । एन्भर होक्जाले पनि त्यहि बाटो लिए । वास्तवमा यो एउटा अपर्झट होइन् कि यी साम्राज्यवाद प्रति उदार थेसिजहरू जसलाई लेनिनले १९१६ मा नै निन्दा गर्नु भएको थियो,जसलाई विश्वभरीका अवसरवादीहरू र संशोधनवादीहरूले अनेकौ पटक उठाइएका छन् मानौ तीनीहरू ‘नयाँ थिए । आर्को शब्दमा, साम्राज्यवादले दोस्रो विश्व युद्धपछि उनीहरूलाई साझेदार बनाउन छाडेको थियो, र अर्धउपनिवेशहरूका शासकहरू ‘स्वतन्त्र’भए र तिनीहरू अहिले फेरी साझेदार बनाइदै छन् । यो साम्राज्यवादको एउटा अर्को उदार आलोचना हो अर्को पद्धतिबाट ।
उनीहरू वास्तविकतालाई नदेखेझै गर्छन् कि साम्राज्यवाद पुँजीको निर्यातमा आधारित हुन्छ र यसले विश्वलाई आफ्नो प्रभाव क्षेत्रको रूपमा विस्तार गर्छ । तिनीहरूले आफ्नो पुँजीवादतर्फको प्रतिक्रियावादी झुकावलाई इन्कार गर्छन् र लेनिनको विरोध गर्छन् र साम्राज्यवादी पुँजीपतिहरूको मिचाहा प्रवृतिलाई प्रत्यक्ष वा अप्रत्यक्ष तरिकाले सघाउ पुर्याउँछन् । नेपालका अवसरवादीहरू र संशोधनवादीहरू बारे पनि यही सत्य हो ।
यी सबैले देखाउछन् कि विचारहरू जे जसरी आएता पनि जसले लेनिनको विश्लेषण ‘पुरानो’ भयो भनेर साम्राज्यवादी पुँजीपतिका विचारहरूले आफैलाई सही वताउन कोसिश गरिरहेका छन्,जनतालाई धोका दिनु सिवाय केही होइन् । यदि हामीले लेनिनको अनुसरण गर्ने हो भने, हामीले ती दावालाई निन्दा गर्न सक्नु पर्छ र गर्नु पर्छ, जसले साम्राज्यवादले आफ्नो चरित्र परिवर्तन गरेको छ र ती दावाहरू जसले साम्राज्यवादको ‘विश्वव्यापीकरण’ नीतिले सबै देशहरूलाई ‘पुँजीवादको अन्तराष्ट्रियकरण’को शिर्षक मूनी एक आपसमा नजिक ल्याउने बनाएको छ ।
यो इतिहासले प्रमाणीत गरेको तत्थ्य हो कि साम्राज्यवादले ती देशहरूको पुँजीवादी विकासलाई रोक्छ , जो औपनिवेशिक अथवा अर्ध.औपनिवेशिक अवस्थामा छन् । यदि उसले ती देशहरूमा पुँजीवादी विकास गर्यो भने पनि केबल साम्राज्यवादमा आधारित पुँजीवादलाई भित्रयाउँने काम गर्दछ । जुन देशमा यो घुस्छ ती देशहरूमा यसले कुनै पनि प्रगतिशील विकासलाई ध्वस्त पार्नुको साथै त्यस्ता देशहरूको खनिज र अन्य प्राकृतिक स्रोतहरूको डकैती गर्छ । लेनिनले यो पनि भन्नु भएको छ कि साम्राज्यवादले प्रमुख रूपले सामानहरूको निर्यातभन्दा पुँजीको निर्याततर्फ चाँसो देखाउछ । खासगरी पुँजीवादको स्वतन्त्र प्रतिस्पर्धात्मक चरणसितको सम्लग्नता प्रति झुकाव राख्छ र जसका कारण यसको चरित्र उपभोक्तावालासँग मिल्छ । यस प्रकृतिको अध्ययन गर्नुभन्दा अघि हामीले साम्राज्यवादको चरित्र र तत्जन्य प्रवृतिका बारेमा अध्ययन गर्नु जरूरी छ ।
लेनिनको समयमा विश्वको जनसंख्याको करीब ७० प्रतिशत (१.७५ अरब मध्ये १.२५ अरब) उत्पीडित राष्ट्रहरूमा पर्दथ्यो भने २० प्रतिशत उत्पीडकमा । तर अहिले विश्वको जनसंख्या ६ अरबभन्दा बढी छ जसमा केबल १० प्रतिशत जनता मात्रै साम्राज्यवादी देशहरूमा बसोबास गर्छन् । यस्को तात्पर्य हो उत्पीडित राष्ट्रहरूको सङ्ख्या र यिनको जनसंख्या एकदमै बढेको छ । लेनिनको समयमा भारत र अरू ठूला एशियाका देशहरू औपनिवेशिक थिए र ग्रेट ब्रिटेनद्धारा उत्पीडित थिए । तर अहिले क्षेत्रीयस्तरमा भारत आफै एउटा विस्तारवादी र हैकमवादी शक्ति भइ रहेको छ । यसले भारतसँग सिमा जोडिएका देशहरू नेपाल, बंगलादेश र अरूहरूकालागि एउटा ठूलो खतरा र चुनौति बनेर उभिएको छ ।
साम्राज्यवादको वर्तमान स्वरूप
लेनिनले १९१६मा लेखेको साम्राज्यवाद, पुँजीवादको उच्चतम अवस्था नामक किताबमा गरेको साम्राज्यवादको विश्लेषण अहिलेसम्म पनि सही हुँदै आएको छ । वास्तवमा त्यसवेलादेखि साम्राज्यवाद गतिहिन भएर रहेको छैन् र अनगिन्ती परिवर्तन र संशोधन भएर गएको छ । यद्यपि आजका अवसरवादीहरू साम्राज्यवादी पुँजीवादको समर्थनका लागि सबै प्रकारका लेपन लगाउन यति सम्म अशिष्ट भएका छन् कि साम्राज्यवादको सामान्य चरित्रका रूपमा रहेको पुँजी र उत्पादनको बढदो केन्दी्रकरण,साम्राज्यवादी एकाधिकारमा विश्वको बाँडफाँड र पुँजीको निर्यात प्राथमिक हो भन्ने तथ्य, आजका लागि अप्रसाङ्गिक भएका छन् भन्ने उदाहरण प्रस्तुत गर्न पछि पर्दैनन् ।
अहिले साम्राज्यवादी उत्पादन र पुँजीको उच्च केन्दी्रकरणले अन्तराष्ट्रिय एकाधिकारहरू क्रमस:बहुराष्ट्रिय एकाधिकारहरूमा परिवर्तन हुँदै आएका छन् । यसको तात्पर्य साम्राज्यवादले शान्तिपूर्ण प्रभुत्वलाई निरन्तरता दिने छ । लेनिनको ‘उग्र(रेडिकल)— साम्राज्यवाद’को माक्र्सवाद विरोधी सिद्धान्तको भण्डाफोर र उनको थेसिस जो वास्तविक आर्थिक र राजनीतिक आधारको जगमा खडा भएको छ, अहिलेको अवस्थाको वर्णन गर्न त्यो प्रयाप्त छ । बहुराष्ट्रिय एकाधिकारहरूको अस्तित्वले साम्राज्यवादी एकाधिकारहरू बीचमा हुने अन्तरविरोध र तीब्र प्रतिस्पर्धालाई इन्कार गर्दैन् । यसको विपरित, पहिले जस्तै, ठूल्ठूला एकाधिकारहरूद्धारा स—साना एकाधिकारहरूको विस्थापन, राष्ट्रिय एकाधिकारवाला साथै अन्तराष्ट्रिय एकाधिकारवालाको उत्पत्ति र विकास, साम्राज्यवादी एकाधिकारहरू बीच प्रतिस्पर्धा अझ बढि पेचिलो बनेको पाइन्छ ।
यो सत्य हो कि साम्राज्यवादी एकाधिकारवालाहरू समय समयमा अल्पविकसित देशहरूको शोषण गर्नका लागि सहमति पनि गर्छन् तर यसले पहिलोलाई बारम्बार विश्वलाई भागबण्डा गर्नबाट रोक्दैन् । यसको विपरित यसले उनीहरूलाई एक आपसमा ज्यादा नराम्ररी प्रतिस्पर्धा गर्न वाध्य बनाउछ । यो तथ्यमा आधारित भएर कि बहुराष्ट्रिय एकाधिकारहरू सामान्य भएका छन्, अवसरवादले यो विचारको विकास गर्छ कि साम्राज्यवादले ‘शान्तिमा अर्ध—उपनिवेशहरूको शोषण गर्ने छ र साम्राज्यवादी युद्ध हुन सक्दैन् ।’ खासगरी सोभियत सामाजिक साम्राज्यवादको अवसानसँगै र संयुक्त राज्य अमेरिकाद्धारा ‘नयाँ विश्व सामाजिक स्थिति’को घोषणा, यो विचार कि अन्तर साम्राज्यवादी अन्तरसंघर्षले नयाँ युद्ध ल्याउने छैन् भन्ने भनाई सामान्य भएको छ । वास्तवमा, यो सिद्धान्तको पहिलो पटक विकास गर्ने साम्राज्यवादी पुँजीपति नै थिए ।
पश्चिमी साम्राज्यवादी पुँजीवादी धारणाले दावी गर्यो कि सोभियत सामाजिक साम्राज्यवादको विघटनभन्दा अघि रसिया विश्वको शान्तिका लागि सबैभन्दा ठूलो वाधक थियो । तर सोभियत सामाजिक साम्राज्यवादको पतनदेखि विश्वमा केबल शान्ति मात्रै कायम भएको छैन् बरू क्षेत्रीय युद्ध र साम्राज्यवादी हस्तक्षेपहरू झन झन बढेर गएका छन् ।
संयुक्त राज्य अमेरिका, जसले संयुक्त राष्ट्रसंघको छातामूनी पश्चिमी साम्राज्यवादी शक्तिहरूको पुरा सहयोगमा विश्वको साम्राज्यवादी सैनिक शक्ति परिचालन गर्ने काम गरिरहेको छ । उसले क्रान्तिकारी आन्दोलन अथवा अर्ध—उपनिवेशहरूका शासक वर्गहरूमाथि तुरून्तै हस्तक्षेप गरेर दबाउने काम गर्छ, जसले साम्राज्यवादी शक्तिहरूको चाहनाको विरोध गर्छन् ।
लेनिनद्धारा साम्राज्यवाद पुँजीवाददको उच्चतम अवस्थाको अंग्रेजी संस्करण, पृ. ११०मा भनिएको छ: ‘यो पहिलो पटक होइन कि साम्राज्यवादवारेको माक्र्सवादी—लेनिनवादी आलोचना र विश्लेषणलाई पुँजीवादी उदारवादी तरिकाले तोडमरोड गरिएको छ र प्रस्तुत गरिएको छ । साम्राज्यवादको उदारवादी आलोचना र विश्लेषण विगतमा पनि गरिन्थ्यो । तिनीहरूमध्ये केही छैनन्, जसले यस्तो सामूहिक नृत्य र गायनमा भागलिएका थिए र उत्पीडित जनतालाई झुक्याउने कोशिस गरेका थिए । अन्तराष्ट्रिय सर्वहाराले सोच्न थालेको थियो कि यिनै माक्र्सवादी—लेनिनवादी आलोचना र विश्लेषण हुन् । विगतमा, काउत्स्कीले पनि यहि तरिकाले साम्राज्यवादको आलोचना गरेका थिए र भनेका थिए ‘ के वर्तमान साम्राज्यवादी नीति नयाँ उग्र साम्राज्यवादी नीति हो जसले राष्ट्रिय आर्थिक पुँजीको आपसी प्रतिस्पर्धाको ठाउँमा अन्तराष्ट्रिय संयुक्त पुँजीद्धारा विश्वको संयुक्त शोषणलाई लागु गर्ने छ, द्धारा विस्थापित गर्न सकिदैन् ?’
काउत्स्कीको ‘उग्र—साम्राज्यवाद’ सिद्धान्तको सारतत्व यो थियो कि एकाधिकारहरूले शान्तिमा विश्वको शोषण गर्ने छन् । उनीहरूबीचको अन्तरविरोधले नयाँ युद्ध उत्पन्न गर्ने छैन् बरू तिनीहरूले अर्ध— उपनिवेश र उपनिवेशहरू बनाउने छन् । लेनिनले भन्नु भएको छ : ‘ असम्भवताको नकारात्मक उत्तर भन्दा अरू कुनै तरिकाले प्रश्नलाई स्पष्टसँग प्रस्तुत मात्रै गरिएको छ किनभने पुँजीवाद अन्तरगत प्रभाव क्षेत्रहरूको विभाजनका लागि एउटा मात्रै विचारणीय आधार उपनीवेशहरू आदि राख्ने चाहना हो । यसले तीनीहरूको शक्तिको हिसाव किताव गर्छ । त्यो भनेको उनीहरूको साधारण आर्थिक, मौद्रिक, सैनिक शक्ति आदि हो । तिनीहरूको शक्ति विभाजनमा समान हैसियतमा परिवर्तन त गर्दैन् , तै पनि विभिन्न हिस्सेदारहरूको विकास, आर्थिक कोष, उद्योगका शाखाहरू अथवा देशहरूका लागि पुँजीवाद अन्तरगत असम्भव छ । के यो ‘ कल्पना गर्न लायक’ छ कि दश वा विस वर्षको समयमा साम्राज्यवादी शक्तिहरूको औषत शक्ति अपरिवर्तन रहने छ ? यो प्रश्न भन्दा बाहिरको कुरा हो ।’(उही पृ. ११२)।
लेनिन साम्राज्यवादी शक्तिहरूले शान्तिपूर्ण तरिकाले बजारको भागबण्डा गर्छन् भन्ने भ्रमको आलोचना गर्दै भन्नु हुन्छ : ‘त्यसकारण, पुँजीवादी प्रणालीको वास्तविकतामा‘‘ ‘अन्तर—साम्राज्यवाद’ अथवा ‘उग्र—साम्राज्यवाद’बीचमा भएका मैत्री सम्बन्धहरू (एलाइन्सेज), जे जस्ता रूपमा, चाहे एउटा साम्राज्यवादीले अर्को साम्राज्यवादी शक्तिका विरूद्ध तेस्रोसँग गठवन्धन(कोलियसन) गरेर होस वा अन्य तरिकाले ती सबै युद्धहरूका बीचको समयमा गरिएको युद्ध विराम भन्दा केही होइनन् । शान्तिपूर्ण मैत्री सम्बन्धले युद्धका लागि आधार तयार गर्छ, र मौका आएको समयमा यसले युद्धबाटै विकास गर्दछ—एउटा अवस्थाले अकार्मो परिवर्तन भएर, एक समयको शान्तिपूर्ण अर्को समयमा अशान्तिपूर्ण संघर्षको विकल्पहरू उत्पादन गर्दै र साम्राज्यवादी सम्बन्धहरू, विश्व राजनीति र विश्व अर्थशास्त्रभित्रका सम्बन्धहरूका उही आधारमा’ (उही पृ. ११२)
प्रथम र दोस्रो अन्तराष्ट्रियका औसरवादीहरूले सर्वहारा र उत्पीडित जनतालाई साम्राज्यवादमा सुन्दरताको लेपन लगाएर धोखा दिने कोसिश गरे । अनि, ख्रुश्चेभी नव—संशोधनवादीहरूले ‘शान्तिपूर्ण प्रतिस्पर्धाको थेसिस’ अगाडि सारेर साम्राज्यवादीहरूसँग शान्तिपूर्ण सहअस्तित्वमा मिलेर बस्न सकिन्छ भने । उनीहरूको अभिप्राय धेरै स्पष्ट थियो: ‘ यो निश्चित गर्नु हो कि सर्वहारा र उत्पीडित जनता क्रान्तिको कामलाई स्थगित गर्न आत्मसमर्पण गर्छन् भन्ने हो । माओले चालिस वर्ष अगाडि नव—शंसोधनवादीहरूद्धारा गरिएको त्यस्तो तोडमरोडको भण्डाफोर गर्नु भयो । यद्यपि साम्राज्यवादीहरूद्धारा अहिले ती सिद्धान्तहरू पुनर्जीवित गरिदै छन् ।
साम्राज्यवादी पुँजीवादीहरूद्धारा विभिन्न कार्यनीतिहरू कार्यान्वयन गरिंदा साम्राज्यवादको चरित्रमा परिवर्तन भएको छ । साम्राज्यवादले शोषणलाई त्यागि सकेको छ भनेर त्यसको रक्षा गर्ने खालका विचारहरू पनि अगाडि आएका छन् । उनीहरूको विचारमा यसले सबै देशहरूलाई समान तरिकाले विकास गर्ने छ, ताकि साम्राज्यवादी देशहरूबाट प्राप्त फाइदाहरू अर्ध—उपनिवेशहरूमा प्रवाहित हुने छ, आदि । यसले पुँजीवादी प्रजातन्त्रवादीहरू र औसरवादीहरूको भोकलाई बढाउने काम गरेको छ । यस प्रकारका विचारहरूमार्फत उनीहरूले सर्वहारा र उत्पीडित जनतालाई क्रान्तिकारी सङ्घर्ष त्याग्न उत्प्रेरित गरिरहेका छन् ।
दोसे विश्व युद्धपछि साम्राज्यवादले उसको आफ्नो औपनिवेशिक नीतिमा परिवर्तन ल्याउन सुरू गर्यो । यसले नव—औपनिवेशिक नीति नव—उपनिवेशवाद लागु गर्यो,। यसको अर्थ यो हो कि सामान्य अर्थमा यसले आफ्नो खुला सैनिक हस्तक्षेप छोड्यो । यसको सामान्य अर्थ यो हो कि यसले नव—औपनिवेशिक नीतिलाई महत्व दियो । यो स्पष्ट छ कि जब परिस्थिति अनुकुल हुन्छ, यसले आफ्नो पहिलेको नीति पनि लागू गर्ने छ ।
दोस्रो विश्व युद्धको अन्त्यमा समाजवादी विश्व ज्यादा शक्तिशाली बन्यो । विश्वको एक तीहाईले सर्वहारा विश्व क्रान्तिको समर्थन गरे । राष्ट्रिय मुक्ति युद्धहरूको परिणाम स्वरूप सयौ देशहरूले स्वतन्त्रता प्राप्त गरे । यस्तो अवस्थामा साम्राज्यवादले आफ्नो पहिलेको नीतिलाई निरन्तरता दिन सकेन् । कारण यसको महत्वमा थिएन तर समयको ठोस अवस्थाले गर्दा यसो भयो । उत्पीडित राष्टहरू, उत्पीडित जनता र सर्वहाराको सङ्घर्ष नै परिवर्तन ल्याउने प्रमुख कारण थियो । वर्गीय समाजमा, वर्गसङ्घर्ष विना समाजिक रूपान्तरण प्राप्त गर्न सकिंदैन भन्ने झन झन स्पष्ट बन्दै गएको छ ।
दोस्रो विश्व युद्धपछि साम्राज्यवादको प्रम“ख अभिप्राय प्रत्येक देशमा क्रान्तिलाई रोक्नु थियो जहाँ विश्व क्रान्तिको विकास हुन सक्थ्यो । सैनिक र राजनीतिक दवावमार्फत विद्यमान समाजवादी देशहरूलाई र जनताको गणतन्त्रलाई कमजोर वनाउने थियो र अन्त्यमा उनीहरूलाई समर्पण गराउने थियो । साथै, साम्राज्यवादी देशहरू र उपनिवेशहरू बीचमा सङ्घर्षलाई तीव्रता साथ निरन्तरता दिइयो ।
साम्राज्यवादी पुँजीपतिले एकातिर बजारलाई बारम्बार पुन: विभाजनका लागि सङ्घर्ष गरे र अर्कोतिर साम्राज्यवादकको साझा चाहनाका लागि सम्झौता गरे । यस्तो अवस्थाका अनगिन्ति उदाहरणहरू छन् । तथ्य यो हो कि साम्राज्यवादीहरू बीचका अन्तरविरोधहरू वा षडयन्त्रमा हुने जोड घटाउ वर्ग सङ्घर्षसँग नजिकको समबन्ध हुन्छ । जति ज्यादा गहिरो वर्ग सङ्घर्ष हुन्छ त्यति पेचिला अन्तरविरोधहरू साम्राज्यवादीहरू बीच हुन्छन् ।
१९८० भन्दा अघि सामाजिक साम्राज्यवादको अस्तित्वले साम्राज्यवादीहरू( पश्चिमी युरोप र जापान लगायत) खासगरी अमेरिकी साम्राज्यवाद र सोभियत सामाजिक साम्राज्यवाद बीचको अन्तरविरोधलाई पेचिलो बनायो । यो यसकारणले भयो कि साम्राज्यवादीहरू दुई ठूला क्याम्पमा विभाजित थिए ।
सोभियत सामाजिक साम्राज्यवादको विघटनसँगै यो ध्रुबीकरण निरन्तर चल्यो यद्यपि प्रकट रूपले यसको अस्तित्व हराएर गयो । यसले गर्दा ध्रुबीकरणमा शीतिलता आयो । उदाहरणका लागि, जब जर्मनले इरानसँग हात बढायो, संयुक्त राज्य अमेरिकाले इरानलाई यात उसँग सम्झौता गर वा उसको अस्तित्वबाट हटाउछु भनेर पेल्ने काम गर्यो । त्यहि तरिकामा अफ्रिकामा अन्तर साम्राज्यवादी सङ्घर्ष, पूर्वी युरोपमा बजार खोस्ने, रसियन साम्राज्यवादले खाली गरेका र मध्य पूर्वमा अमेरिकी हैकमलाई खतम पार्न, युगोस्लाभियाको विघटन र यस्तो कामबाट अत्यधिक लाभ लिन कठिन भयो । यद्यपि र दोस्रो विश्व युद्ध पहिले जस्तै व्यापक जनतामा यी सबै खुला तरिकाले अगाडि बढन सकेनन्, साम्राज्यवादको आर्थिक राजनीतिक चरित्र इन्कार गर्नु भनेको सशक्त शत्रुलाई इन्कार गर्नु हो ।
के साम्राज्यवादीहरूले उनीहरूको शोषणप्रधान प्रवृति त्यागेका छन त ? वास्तवमा छैनन् । यद्यपि जब साम्राज्यवादी शक्तिहरूले परम्परागत उपनिवेशवादलाई छाडे, तिनीहरूले पुँजीको निर्यात मार्फत उपनिवेशीकरणबाटो चुने । यिनीहरूले जब आवश्यक परिस्थिति तयार हुन्छ अनि पुरानोलाई लागु पनि गर्छन् । वर्तमानमा अमेरिकाले नेतृत्व गरेको साम्राज्यवादीहरूले ‘प्रजातन्त्र र शान्ति’का नाममा अथवा सैनिक हस्तक्षेप गरेर धेरै देशहरू कब्जा गरेका छन् ।
अमेरिकाले भियतनाममाथि कब्जा गरेको घेरै लामो समय भएको थिएन् । त्यसैगरी सोभियत साम्राज्यवादले अफगानिस्तानमाथि कब्जा जमायो । पछि गएर अमेरिकी साम्राज्यवादले अफगानिस्तानमाथि कब्जा जमायो । यद्यपि, तिनीहरूले फिर्ता गर्नु पर्यो किनभने तिनीहरूले बलियो झापडको सामना गर्न पुगे । सम्क्षिप्तमा भन्दा साम्राज्यवादको आक्रामक र युद्ध पिपासु चरित्रमा कुनै पनि परिवर्तन भएको छैन् भन्ने वर्तमानमा विभिन्न साम्राज्यवादी देशहरुबीचमा देखिएका युद्धहरु हुन ।
वर्तमान अवस्थामा सर्वहारावर्गको काम
वर्तमानमा साम्राज्यवादको नयाँ र ज्यादा तीब्र बनाइएको र आक्रामक नीति ‘विश्वव्यापीकरण’ हो, जसको आर्थिक नीति ‘नव उदारवाद’ , र यसको राजनीतिक नीति ‘नयाँ विश्व व्यवस्था’ हो । यसको सैनिक नीतिका लागि, यो अन्य नीतिहरूसंग मैत्रीपूर्ण हुन्छ ।
यो सही हो कि अर्ध(नव)—उपनिवेशहरूमा शासन गर्ने शासकहरूलाई साम्राज्यवादले गोप्य रूपले पैसाको खोलो बगाएको हुन्छ, जो ती अर्ध(नव)—उपनिवेशहरूबाट भिन्न प्राकृतिक सम्पदा तथा अन्य शोषण गरेर लिएको पैसाको एक दमै सानो हिस्सा मात्रै हो । साम्राज्यवादीहरूका प्रभावमा रहेका ती दलालहरूका विरूद्ध जब अर्ध—उपनिवेशहरूका जनताले वज्रमुक्का दिन थाल्दछन् अनि मात्रै ती देशहरूमा रहेका देशभक्तहरू र दलालहरूबीचको अन्तरविरोध ज्यादा तीव्र बन्न जान्छ । अनि मात्रै अर्ध—उपनिवेशहरूमा साम्राज्यवाद विरोधी पुँजीवादी क्रान्ति अझै आवश्यक छ भन्ने चेतनाले एउटा भौतिक शक्तिको रूप लिन्छ ।
साथै अर्ध(नव)—उपनिवेशहरूमा, साम्राज्यवादले पुँजीवादको विकास गर्दैन् र यसको विपरित, यसले एकदमै प्रतिक्रियावादी शक्तिहरूसंग मित्रता बढाएर उनीहरूको रक्षा गर्छ । जसका लागि उसले उत्पादनको एकदमै पुरानो परम्परागत सम्वन्धलाई कायम राख्न कोशिस गर्छ र त्यहाँको पुँजीवादको विकास केबल आश्रित पुँजीवाद मात्रै हुन जान्छ । यसो गरेर साम्राज्यवादले राष्ट्रिय पुँजीवादलाई विकास हुनबाट रोक्छ । एकातिर यसले सामन्त र अर्धसामन्ती सम्वन्धलाई निरन्तरता दिन्छ र अर्कोतीर यसले परामुखि विकास गर्छ अथवा दलाल पुँजीवादको विकास गर्छ । साम्राज्यवादको एक शताब्दीको इतिहासले यो देखाएको छ कि साम्राज्यवादले यसले शोषण गर्ने देशहरूलाई औजार र उत्पादनको उन्नत सम्वन्धहरूलाई विकास गर्न दिदैन् । यसले यी देशहरूमा सिर्फ नियमित अन्तरालमा भएका उसका बैठकका नीतिहरूलाई लागु गर्न आफ्ना दलालहरूलाई विभिन्न वाहनामा पठाउछ ।
यो स्वभाविक हो कि साम्राजयवादी पुँजीपतिवर्गले सर्वहाराको विचार माक्र्सवाद—लेनिनवाद—माओवादका विरूद्ध निरन्तर वैचारिक आक्रमणलाई अगाडि लैजान्छ । यसका लागि उसले यो दावा गर्दछ कि सर्वहारावर्गको अग्रदस्ता—कम्युनिष्टहरूद्धारा सञ्चालित क्रान्तिहरू ‘लामो समयका लागि तर्कसंगत छैनन्’ । तर यसो भनेर उ चुप्प लागेर बस्दैन्, बरू यसका लागि सर्वहारावर्गको पंक्तिमा वैचारिक अनिस्चितताको बिउ छर्न चाहन्छ । श्रमिक वर्ग र उसका मित्रहरूका विरूद्ध पुँजीपतिको यो एउटा ठूलो आक्रमण हो । सर्वहाराले पुँजीपतिको यस्तो आक्रमणको प्रतिवाद गनु एउटा महत्वपूर्ण काम हो ।
तै पनि सबभन्दा महत्वपूर्ण काम त माक्र्सवाद—लेनिनवाद—माओवादको विज्ञानको रक्षाको प्रश्न नै हा,े जसका लागि कम्युनिष्टहरूको साम्राज्यवादलाई कुनै पनि सहुलियत दिने वा सम्भौता गर्ने हुनै सक्दैन् । यही सिद्धान्तका मातहतमा रहेर कम्युनिष्टहरूले क्रान्तिकारी संघर्ष सञ्चादन गर्दै साम्राज्यवादी पुँजीपतिको प्रतिक्रान्तिकारी प्रचारमाथि विजय प्राप्त गर्नका निम्ति आम जनसमुदायलाई प्रशिक्षित गर्ने हो । र यी सबैलाई ज्यादा वास्तविक र प्रभावकारी बनाउने हो, क्रान्तिलाई गति दिने, वर्ग संघर्षद्धारा उ माथि दिएको प्रमुख अति आवश्यक काम हो । र यसैको लागि जनसमुदायलाई संगठित गर्ने हो । यो अभिप्रायका लागि, यसले आफूलाई जनसमुदायसंग एककार गरानू पर्छ जो संग क्रान्तिमा इच्छा छ र अन्तराष्ट्रिय सर्वहाराको मद्तका लागि कोसिश गर्छ । तै पनि सर्वहारा क्रान्तिले अस्थाई रूपले विश्राम लिन्छ, साम्राज्यवाद र पुँजीपतिका विरूद्ध सर्वहारा र उत्पीडित जनताको संघर्ष कुनै पनि हालतमा कमजोर भएको छैन् । खासगरी अर्ध(नव)उपनिवेशहरूमा, सर्वहारा र उत्पीडित जनताको संघर्ष निरन्तर भएको छ र धेरै ठाउँहरूमा यसले उल्लेखनिय उपलब्धीहरू पनि पाएको छ ।
साम्राज्यवाद विरोधी क्रान्तिका तुफानी केन्द्रहरू अझै पनि एसिया, अफ्रिका र लेटिन अमेरिकाका देशहरु नै छन् । विश्वको आधारभूत अन्तरविरोध अझै पनि वदलिएको छैन् । यो अन्तरविरोध पुँजीपति र सर्वहारावर्ग बीचमा छ र यो अन्तरविरोधले आफूलाई श्रमिक र पुँजीको बीचको अन्तरविरोधमा प्रस्तुत गर्छ । त्यसैले त अहिले पनि अन्तराष्ट्रिय रूपमा साम्राज्यवाद र विश्वका उत्पीडित जनताबीचको अन्तरविरोध नै प्रमुख अन्तरविरोध हो । सर्वहारावर्गको अग्र दस्ता कम्युनिष्टहरूद्धारा सर्वहारावर्गीय क्रान्तिमार्फत साम्राज्यवादलाई अर्ध(नव)उपनिवेशबाट धपाउनु भन्दा पहिले प्रत्येक देशका सर्वहारावर्गले सम्वन्धीत देशको शासन सत्तामा रहेका सबैखाले प्रतिक्रियावादीहरूका विरूद्ध विद्रोह गर्न र क्रान्तिहरूलाई अघि बढाउन राष्ट्रिय स्वाधीनताको महान् सङ्घर्षमा होमिन आवश्यक छ । दलालहरुलाई देशभित्रबाट धपाउन आवश्यक छ । अनि मात्रै लेनिनव्दारा निर्देशित साम्राज्यवाद विरोधी आन्दोलनले विजय प्राप्त गर्न सक्ने छ ।
जगपगmकष्लनजद्दण्ज्ञद्द२थबजयय।अयm



