भाद्र ४ ललितपुर ।
ललितपुरको सातदोबाटो स्थित एउटा पार्टी प्यालेसमा भएको भेलाले डाक्टर अकाश अर्याल संयोजक रहने गरि ११ सदस्यीय अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठन ३ नम्बर प्रदेश कमिटी निर्माण गरेको छ ।
भेलाव्दारा गठित ३ नम्बर प्रदेश कमिटीको नामावली निम्नअनुसार छ :
डा . आकाश अर्याल (संयोजक) र अन्य सदस्यहरुमा डा .बिशाल उप्रेती, डा .सन्जिब योन्जन, पम्फा नेपाली,.सजना मग्राति, दिपक बयेलकोटी, भबिस साउद,.हेम सुवेदी,.रजपुरा बिष्ट,.मनोज ढुंगाना चयन हुनुभएको छ ।
भेलामा प्रमुख अतिथि अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनको केन्द्रिय सयोजक इन्दिरा अधिकारी हुनुहुन्थ्यो भने अन्य अतिथिमा नेकपा(माओवादी क्रान्तिकारी) केन्द्रिय सदस्य .वसन्त बोगटी र पेसागत संगठन जिल्ला इन्चार्ज .श्याम के सि हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर