
काठमाडौं । नेपाली कांग्रेसका एकजना सादगी नेता तथा चिन्तक प्रदिप गिरीकाे निधन भएकाे छ । घाँटीकाे क्यान्सरबाट पीडित उहाँकाे मेडिसिटी अस्पतालमा उपचारकाे क्रममा निधन भएकाे हाे ।
कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत ७५ वर्षीय गिरिको राति साढे ९ बजे निधन भएको हो ।

झन्डै एक वर्ष भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर साउन दोस्रो साता स्वदेश फर्किएलगत्तै निमोनिया देखिएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उहाँ नेपाली कांग्रेसभित्र मात्र नभएर वामपन्थी वृतमा पनि त्यतिकै स्थापित हुनुहुन्थ्यो । उहाँ मार्क्सवादी दृष्टिबाट समस्याहरुलाई केलाउने गर्नुहुन्थ्याे । उहाँले मार्क्सवादकाे गहिराे अध्ययन, चिन्तन गर्नुहुन्थ्याे । कतिपय वामपन्थी पार्टीहरुकाे स्कुलिङमा उहाँलाई प्रशिक्षककाे रुपमा निम्त्याउने गरिन्थ्यो ।
‘विश्वेश्वरप्रसाद कोइरालाः व्यक्तित्व र विचार’ भन्ने उहाँको कृति बीपीलाई बुझ्न चाहनेहरूका लागि एउटा महत्त्वपूर्ण आधार हो। त्यस्तै, एउटा महत्त्वपूर्ण काम उहाँले बीपी कोइरालाका लेख, रचना, भाषण, अनतरवार्ताहरूको संग्रह र सम्पादन गर्नुभएको छ।
पढ्ने, लेख्ने, चिन्तन गर्ने नेता-कार्यकर्ताहरूको नेपाली राजनीतिमा अभाव छ। नेपाली कांग्रेसभित्र त झन् खडेरी छ। बौद्धिक विमर्श र छलफल राजनीतिक विवादको स्तरभन्दा पर पुगेर प्राज्ञिक तहमा गर्न सक्ने खूबी प्रदीप गिरिमा थियाे ।
सत्तासँग सदा उहाँ टाढा रहनुभयो। सत्तासीन कांग्रेससँग प्रदीप गिरिको दूरी बढ्दै गएको थियाे ।