” हाम्रो कार्यमा नेतृत्व गर्ने केन्द्रीय शक्ति चिनियाँ कम्युनिस्ट पार्टी हो । हाम्रो विचारधारालाई निर्देशन गर्ने सैध्दान्तिक आधार माक्र्सवाद – लेनिनवाद हो ।” – माओ त्सेतुङ , जन – गणतन्त्र चीनको प्रथम राष्ट्रिय जन – काँग्रेसको प्रथम अधिवेशनमा दिइएको उद्घाटन – भाषण , ( सेप्टेम्बर १५ , १९५४ ) ।

विचारधारालई निर्देशन गर्ने सैध्दान्तिक आधार माक्र्सवाद – लेनिनवाद – माओवाद छ । यसकै निर्देशनमा पार्टीको क्रान्तिकारी काम अगाडि बढिरहेको छ ।
आज यस लेखमा कम्युनिस्ट पार्टी भनेको के ह ? यसको जन्म कसरी र कहिले भएको हो । कम्युनिस्ट पार्टी क्रान्तिकारी छ कि छैन ? उसका नेता – कार्यकर्ताहरु क्रान्तिकारी छन् कि छैनन् ? कम्युनिस्ट पार्टी र उसका नेता – कार्यकर्तनहरुलाई कसरी क्रान्तिकारी बनाउन सकिन्छ ? यसको कसी के हो ? कम्युनिस्ट पार्टीलाई कसरी क्रान्तिकारी बनाई राख्न सकिन्छ ? भन्ने विषयमा यहाँ प्रष्ट पार्ने प्रयत्न गरिनेछ ।
(१) कम्युनिस्ट पार्टी के हो ?
कम्युनिस्ट सर्वहारा वर्गको राजनीतिक संगठित अग्रदस्ता हो । यसको पथप्रदर्शक ( मार्गदर्शक ) सिध्दान्त माक्र्सवाद – लेनिनवाद – माओवाद हो । यसको न्युनतम लक्ष्य वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न नभइसकेको देशमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्नु हो भने अधिक्तम लक्ष्य वैज्ञानिक साम्यवादमा पुग्नु हो । कम्युनिस्ट पार्टी भनेको विपरीतहरुको हो।
(२) कम्युनिस्ट पार्टीको जन्म भएको हो ?
कम्युनिस्ट पार्टीको कम्युनिस्ट लिगको जन्मसंगै सन १८४७ फेब्रुअरी १२ का दिन लण्डनबाट भएको हो कम्युनिस्ट लिग नै कम्युनिस्ट पार्टीको पहिलो संगठन हो । प्रवासमा रहेका जर्मन मजदुरहरुले पहिले सन १८३६ तीर न्यायिक लिग स्थापना गरेका थिए । कार्ल माक्र्स ( १८४८ – १८८३ ) र फ्रेडरिक एंगेल्स ( १८२० – १८९५ ) को प्रभावले गर्दा उक्त लिगको नाम बदलेर कम्युनिस्ट लिग नामाकरण गरिएको थियो । तत्कालीन कम्युनिस्ट लिगका दुईवटा महाधिवेशन सम्पन्न भएका थिए । नोभेम्बर १८४७ मा सम्पन्न लीकको दोस्रो महाधिवेशनको निर्णय अनुसार माक्र्स र एंगेेल्ससलाई कम्युनिस्ट घोषणापत्रको मस्यौदा तयार पार्ने जिम्मा दिइएको थियो । त्यो जिम्मेवारीलाई पुरा गर्दै सन १८४८ फेब्रुअरी १२ का दिन लण्डनबाट कम्युनिस्ट घोषणापत्र जारी गरिएको थियो । त्यो विश्व सर्वहारा वर्गको मुक्तिको सिध्दान्त बन्यो । आज कम्युनिस्ट पार्टीको जन्म भएको १७५ वर्ष पुरा भइसकेको छ ।
(३) विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीको योगदान
कार्ल माक्र्स र फ्रेडरीक एंगेल्सद्वारा माक्र्सवादको प्रतिपादन र कम्युनिस्ट पार्टीको जन्मले विश्व मानव समाजमा ठूलो हलचल पैदा भएको थियो । त्यसपछि कम्युनिस्ट आन्दोलनले ठूलो योगदान गरेको छ । जस्तै माक्र्सले सन १८५२ मा कम्युनिस्ट लिगको विघटन गरिसक्नु भएको थियो । सन १८६४ प्रथम अन्तर्राष्ट्रियको गठन गर्नुभएको थियो । तर सन १८७२ मा अराजकतावादी तथा अवसरवादीहरुले आन्दोलनलाई अप्ठ्यारो पारेपछि प्रथम अन्तर्राष्ट्रियको
पनि माक्र्सले विघटन गर्नुभएको थियो । माक्र्सको सन १८८३ मा माक्र्सको देहावसान भयो । त्यस पछि सन १८८९ मा फ्रेडरिक एंगेल्सले दोस्रो अन्तर्राष्ट्रियको निर्माण गर्नु भयो ।
सन १९१४ लेनिनले दोस्रो अन्तर्राष्ट्रियको विघटन गर्नुभएको थियो । र सन १९१९ फेरि लेनिनले तेस्रो अन्तर्राष्ट्रियको गठन गर्नु भयो । सन २९४३ स्टालिनले तेस्रो अन्तर्राष्ट्रियको विघटन गर्नु भयो । सन १९४७ मा कोमिफर्म नाम दिइएको अन्तर्राष्ट्रियको गठन गर्नुभएको थियो । तर त्यो अगाडि बढ्न सकेन ।
त्यसपछि लामो समयसम्म विश्व कम्युनिस्ट आन्दोलन नेतृत्व विहिन अवस्थामै रहयो । तर सन १९८४ विश्वभरका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले क्रान्तिकारी अन्तर्राष्ट्रिय आन्दोलन ( रिम ) गठन गरेका थिए । अहिले त्यो पनि विघटन भइसकेको अवस्था छ भने नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) को पहलमा विश्व भरका माओवादी कम्युनिस्ट पार्टीहरु संलग्न रहेर पुनः कम्युनिस्ट अन्तर्राष्ट्रियको गठन गर्ने
लेनिनको नेतृत्वमा रुसी कम्युनिस्ट पार्टी ( बोल्सेविक ) द्वारा सन १९१७ अक्टोबर २५ ( नोभेम्बर ७ ) का दिन महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । त्यसको प्रभाव विश्व भर फैलियो । त्यसपछि संसारभर दर्जनौं कम्युनिस्ट पार्टीहरु स्थापना भए । सन १९४९ अप्रिल २२ ( बी क्रम सम्वत २००६ बैशाख १० गते भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो ।
सन १८७१ महान् पेरिस कम्युनको स्थापना गरिएको थियो । त्यस्तै सन १९४५ मा कम्युनिस्ट पार्टीको नेतृत्वमा भियतनाम र उत्तर कोरियामा जनवादी तथा समाजवादी क्रान्ति सम्पन्न गरिए भने पूर्वी युरोपका करीब २० देशहरू र पुर्वी जर्मनी तथा अफगानिस्तानमा समेत रुसी मोडलको समाजवादलागु गरियो । सन १९४९ कमरेड माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । यसै सिलसिलामा कम्बोडिया र क्युवा पनि क्रान्ति सम्पन्न गरिए ।
तर आज रुस , चीन लगायतका समाजवादी मुलुकहरुमा प्रतिक्रान्ति भई पुँजीवादको पुनःस्थापना भएको भए तापनि विश्व वैज्ञानिक समाजवादको विरासत ठूलो छ । यसलाई कसैले नामेट पार्न सक्ने छैन । र , पुनः विश्व भरकै अर्थात् नेपाल , भारत , अफगानिस्तान , टर्की , फिलिपिन्स , भिनेजुयला , फिनल्यान्ड , नेदरल्यान्ड , फ्रान्स लगायतका माओवादी कम्युनिस्ट पार्टीहरुले क्रान्तिको कामलाई अगाडि बढाइरहेका छन् भने भारतीय कम्युनिस्ट पार्टी ( माओवादी ) त लामो समयदेखि नै सशस्त्र जनयुद्ध सञ्चालन गररेको छ ।
(४) कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी बनाइराख्न के गर्नु पर्छ ?
( क) कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी बनाई राख्नका लागि अर्थात् नयाँ ढंगको कम्युनिस्ट पार्टी बनाउनका लागि पार्टी भित्र चल्ने दुई लाइन संघर्षलाई माक्र्सवादी ढंगले समाधान गर्दै जानुपर्छ । अन्तसंघर्ष वा दुई लाइन संघर्ष क्रान्तिकारी कम्युनिस्ट पार्टीको जीवन हो । साथै अन्त : संघर्ष वा दुई लाइन संघर्ष क्रान्तिकारी कम्युनिस्ट पार्टीको जीवन हो । यस विषयमा कमरेड माओले , ” पार्टी भित्र चल्ने दुई लाइन संघर्षलाई पार्टीको ज्यान हो ।
यदि पार्टी भित्र दुई लाइन संघर्ष समाप्त भयो भने पार्टी को मृत्यु हुन्छ ” भन्नुभएको छ ।
शृ माक्र्स र एंगेल्सले अवसरवादीहरु र अराजकतावादीहरुसित भीषण विचारधारात्मक संघर्ष गरेर माक्र्सवादको रक्षा र विकास गरेर विश्व कम्युनिस्ट आन्दोलनलाई सही दिशा प्रदान गर्नुभएको थियो
लेनिनले मिलेराँवादीहरु , मार्तोभपन्थीहरु , मेन्सेभिकवादीहरु , काउत्स्की संशोधनवादका विरुद्ध भीषण दुई लाइन संघर्ष चलाएर माक्र्सवादको रक्षा र विकास गर्दै रुसमा सन १९१७ सम्पन्न महान् अक्टोबर समाजवादी क्रान्तिकारी सम्पन्न गरेर विश्व मै पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नुभएको थियो ।
कमरेड माओले ख्रुश्चोवी आधुनिक संशोधनवादीहरुका विरुद्ध विश्व स्तरमै भीषण संघर्ष मात्रै सञ्चालन गर्नु भएन ,उहाँले चीन मा नै महान् सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गरेर सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिध्दान्त माओवादको प्रतिपादन गर्नुभयो ।
अन्त: संघर्ष वा दुई लाइन संघर्षका बीचबाट नयाँ ढंगको कम्युनिस्ट पार्टीको निर्माण हुन जान्छ ।
(२) कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी बनाई राख्नका निम्ति विभिन्न समयमा पार्टी भित्र सुदृढीकरण र शुध्दिकरण अभियान सञ्चालन गरिरहनुपर्छ ।
( ख) पार्टी भित्र नेता , नेतृत्व र आम कार्यकर्ताहरुका बीचमा आतमालोचना र आलोचनाको पध्दतिलाई कडाइका साथ लागु गर्ने र सबैले परिपालना गरेको हुनुपर्छ ।
( ग) पार्टी भित्र नेता तथा कार्यकर्तनहरुलाई पार्टी स्कुल मार्फत् माक्र्सवादका आधारभूत सिध्दान्तका बारेमा नियमित र योजनाबध्द ढंगले पार्टी स्कुलिङ सञ्चालन गरिरहनुपर्छ ।
( घ) पार्टीका आम नेता तथा कार्यकर्ताहरुको कामको ( कार्यविभाजन) वैज्ञानिक ढंगले विन्यास गरिएको हुनुपर्छ ।
( ङ) पार्टीका आम नेता तथा कार्यकर्ताहरुको सही ( वैज्ञानिक ) ढंगले मूल्यांकन गरेको हुनुपर्छ । मुख्यतः नेतृत्वले आम कार्यकर्तनहरुप्रति भेदभाव गरिएको हुनुहुँदैन ।
( च) आम नेता तथा कार्यकर्ताहरुलाई फलामे अनुशासनमा बाँधिएको हुनुपर्छ ।
( छ ) पार्टीलाई निरन्तर रुपमा जनताको सम्पर्क र सम्बन्धमा रहने तथा जनदिशाको सिध्दान्तलाई कडाइसाथ साथ पालना गरेको हुनुपर्छ । जनताबाट कटेको पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी बन्न सक्तैन ।
(ज) मुख्यतः कम्युनिस्ट पार्टीको नेतृत्व सधैं क्रान्तिकारी बनाई राख्नुपर्छ । यसका लागि पार्टी भित्र शुध्दिकरणको पध्दति बलियो बनाई राख्नुपर्ने हुन्छ ।
यसका अतिरिक्त पार्टीलाई क्रान्तिकारी बनाई राख्नका लागि माक्र्सवाद – लेनिनवाद – माओवादको सैध्दान्तिक पथप्रदर्शन र क्रान्तिकारी कार्यदिशा , सांगठनिक सिध्दान्त तथा कार्यशैलीको अवलम्बन गर्न अनिवार्य आवश्यकता हुन्छ।
(५) पार्टीका नेता – कार्यकर्ता कस्ता हुनुपर्छ ?
* कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरु माक्र्सवाद – लेनिनवाद – माओवादका सैध्दान्तिक सिध्दान्तले लैस भएको हुनुपर्छ ।
* कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु लगनशील , इमानदार , कठिन कार्य गर्ने आँट भएका हुनुपर्छ ।
* कम्युनिस्ट पार्टीका नेता – कार्य कर्ताहरु पाँच गर र पाँच नगर भन्ने माओ भनाइमा अडिग भएको हुनुपर्छ ।अर्थात् माक्र्सवाद लागु गर संशोधनवाद होइन , एकजुट होऊ नफुट , स्पष्ट र खुला होऊ षड्यन्त्र र छलछाम नगर ” – A World To Win , December 1996 , vol. 1 , No.7, p. 37 ।
* कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको आचरण र जीवन शैली उच्च विचार र कठोर संघर्ष गर्न सक्ने भएको हुनुपर्छ ।
* कम्युनिस्ट पार्टीका नेता – कार्यकर्तनहरु व्यक्तिगत सम्पत्ति प्रति मोह भएको हुनुहुँदैन ।
* कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु साँस्कृतिक तथा आर्थिक विचलनमा परी नैतिक पतन भएको हुनुहुँदैन । नैतिक पतन भइसकेका कम्युनिस्ट पार्टीका नेता – कार्यकरणताहरुले जनताको विश्वास जित्न सक्तैनन
* कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुको ह्रदय विशाल हुनुपर्छ । ऊ इमानदार र सक्रिय हुनुपर्छ । क्रान्तिका हितहरुलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधिनमा राख्नुपर्छ । ऊ जहाँ पनि सही सिध्दान्तमा अडिरहनुपर्छ र सबै गलत विचार र कामहरुको विरोधमा अथक संघर्ष चलाउनु पर्छ । उसले कुनै पनि समय र कुनै पनि अवस्थामा कम्युनिस्टले आफ्नो व्यक्तिगत हितलाई पहिलो स्थान दिनुहुँदैन र जनताको हितहरुको अधिनमा राख्नुपर्छ । कम्युनिस्टहरूले सधैं सत्यको पक्षमा डट्न तयार हुनुपर्छ , किसानले सत्य जनताको हितहरु अनुकूल हुन्छ । कम्युनिस्ट कार्यकर्ताहरुले सधैं आफ्ना गलतीहरु सच्याउन तयार हुनैपर्छ , किनभने गल्तीहरु जन- हितको विरुद्ध हुन्छन् ।
कम्युनिस्टका नेता तथा कार्यकर्ताहरुले अध्ययनमा दृष्टान्त प्रस्तुत गर्नुपर्छ । र , उनीहरू सधैं जनताको साथी बन्नुपर्छ । उनीहरू जनताको मालिक बन्ने होइन , अथक गुरु बन्नुपर्छ , नोकरशाही राजनितिज्ञ कदापि बन्नु हुँदैन । कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु जनतासित सधैं मिलेर काम गर्ने हुनुपर्छ । तबमात्र कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी बनाउन सकिन्छ ।
(६) निष्कर्ष :
कम्युनिस्ट पार्टीको नाम राख्दैमा सबै कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी हुँदैनन् । माथि पनि थुप्रै ठाउँमा उल्लेख गरिएको छ कि कम्युनिस्ट पार्टी क्रान्तिकारी हुनका लागि ऊ माक्र्सवाद – लेनिनवाद – माओवादको सैध्दान्तिक सिध्दान्तहरुले लैस भएको हुनुपर्छ । त्यस कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरु माथि उल्लेख गरिए झै साँच्चिकै क्रान्तिकारी बनेकै हुनुपर्छ । उनीहरू वास्तविक बोल्सेभिकीकरण भएका छन् भने मात्र त्यस कम्युनिस्ट पार्टीलाई नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी मान्न सकिन्छ । नत्र ………. ।
नेपालका संसदीय नामधारी कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) , नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) , नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) पार्टीहरु कम्युनिस्ट पार्टी होइनन् । उनीहरू प्रतिक्रियावादीमा पतन भइसकेका छन् । यो अन्तर्राष्ट्रिय परिघटना हो । संसदीय व्यवस्थालाई रणनीतिक लक्ष्य बनाउँदै आएका नामधारी कम्युनिस्ट पार्टीहरु कम्युनिस्ट पार्टी होइनन् ।
माक्र्सवाद – लेनिनवाद – माओवादलाई पथप्रदर्शक सिध्दान्त बनाउँदै आएका कम्युनिस्ट पार्टीहरुलाई मात्र सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी मान्न सकिन्छ ।