काठमाडौं । एक पटक फेरि प्रधानमन्त्री बन्ने चाहना सार्वजनिक रुपमा अभिव्यक्त गर्दै आएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’शुक्रबार भारत भ्रमणमा जाँदैछन्।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा प्रचण्ड भारत जान लागेको खुमलटार स्रोतले जानकारी दिएको छ।

खुमलटार स्रोतका अनुसार भजपाले नेपाल–भारत सम्बन्धबारे एक कार्यक्रम राखेकोले त्यसमा सहभागी हुन प्रचण्ड दिल्ली जान लागेका हुन्।

तीनदिने भ्रमणका क्रममा प्रचण्डको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने सम्भावना रहेको तर, समय तय भइनसकेको स्रोतले बतायो। प्रचण्ड आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वा भारतीय नेताहरुसँग प्रचण्डले नेपालको लिम्पियाधुरा–लिपुलेक–कालापानीको झण्डै चार सय वर्ग किमि भूमि भारतले अतिक्रमण गरेको विषय उठाउँछन् कि उठाउँदैनन् भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर