४००० सिपाही र बीसवटा बन्दुक भएको जिलेस्पीको फौजले देहरादूनमाथि कब्जा जमाए तर केही माइल पूर्वतिर रहेको कलुङ्गाका (वा खलंगाको) किल्लाले एक महिनाभन्दा बढी अवधिसम्म प्रतिरोध गरिरह्यो । अग्लो जंगलले ढाकेको लगभग ५०० फिट अग्लो डाँडामा रहेको किल्लालाई १२ फिटको मुढालाई गोलाकार रुपमा ताछेर ढुंगा खाँदेको डबल मुढाको बार भएको प्रतिरक्षाले त्यो किल्ला सुरक्षित राखेको थियो । यो किल्लामा बलबहादुर ९बलभद्र०को तैनाथमा लगभग ६०० जना पुरुषहरु र महिलाहरु खासगरी मगर र गुरुङ जातिका मानिसहरु थिए । अंग्रेजहरुले कलुङ्गामा आफूजस्तै या आफूभन्दा पनि बढी वीर र दृढ निश्चियी शत्रुसँग लड्नुपरेको थियो । गोर्खालीहरुको बारेमा एकजना अंग्रेज अफिसर जेम्स बेलै फ्राय्जरले भनेका थिए– तिनीहरुले वास्तविक युद्ध सदृश्य रुपमा लडेर आफ्नो पुरुषार्थ देखाए र साँच्चै नै भएको लडाईंको बीचबीचमा तिनीहरुले हामीलाई प्रबुद्ध मानिसहरुले झै हामीसित शिष्ट रुपमा व्यवहार गरे ।’
किल्लामाथिको पहिलो हमला बिल्कुलै संयोजित थिएन र असफल भयो। किनभने जिलेस्पीको आदेशलाई सैनिकहरुले गैरजिम्मेवारीपूर्ण ठानेकोले अवज्ञा गरी ५३ औं फुटको ड्युटी पुरा गरेनन् । यस असफलताले जिलेस्पीलाई साह«ै आक्रोशित पा¥यो र उनी राक्षसी आवेगमा गर्जेर तरबार घुमाउँदै अगाडि हुत्तिए । उनले आफ्ना सैनिकहरु आफ्नो पछि लाग्ने छन् भन्ठानेका थिए । तर कोही पनि पछि लागेनन् । किल्लाको पर्खालमुनि तोपको गोला छातीमा लागेर उनको मृत्यु भयो । उसलाई पश्चाताप थिएन ।
घेराबन्दी जारी नै रह्यो । कलुंगाको प्रतिरक्षकहरुलाई अंग्रेजहरुले धेरै नै प्रशंसा गरे । गोर्खालीहरु बहादुर छन् भन्ने कुरा सबैले माने । त्यसबेलाका ८७ औ फुटको निशाना जोन शिपले आफ्नो संस्मरणमा लेखेका छन् :
‘मेरो जीवनमा योभन्दा पहिला कहिल्यै पनि यस्तो दृढता र बहादुरी देखाएको घटना देखेको छैन । तिनीहरु भाग्दैनथे, आफ्ना साथीहरु आफ्नो वरिपरि भकाभक लडिरहेको देख्दादेख्दै पनि र मृत्युदेखि पनि तिनीहरु डराउँदैनथे । हामी नजिक भएकोले प्रत्येक गोलाको आवाजले बताइरहेको थियो …….’
यही लडाईंको बेला यस्तो अनौठो घटना घटेको थियो । अंग्रेजहरुले गोला बर्षाइरहेको बेलामा किल्लाबाट निस्केर आफ्नो हात हल्लाउँदै अंग्रेज सेनातिर एउटा आयो, अंग्रेजहरुले पनि आत्मसमर्पण भयो भनी विचार गरे । युद्धविराम घोषणा गरियो र उनलाई अंग्रेजी फौजमा स्वागत गरियो । उनको तल्लो बंगरा क्षतविक्षत भएको थियो र चिकित्सकले उनको घाउमा औषधी लगाइदिएकोमा खुशी व्यक्त गरे । तर घाउमा पट्टी लगाइसकेपछि आफ्नो किल्लामा फर्केर फेरि लडाई चालु राख्ने उनले अनुमति मागे ।
अन्तमा अंग्रेजी तोपहरुले पुरानो जीर्ण किल्लालाई ध्वस्त पारिदियो । तैपनि किल्लाभित्रका लडाकुहरुले आत्मसमर्पण गरेनन् । मुठ्ठिभरका प्रतिरक्षकहरु हुन सक्छ साठी या असीजना सैनिक लड्दै बाटो खोल्दै गए । लड्न नसक्ने र भाग्न नसक्नेहरुलाई मात्र त्यहीँ किल्लाभित्र छाडेर गए । ध्वस्त भएको किल्लाभित्र पस्ने पहिलो व्यक्तिहरुमध्ये एकजना सैनिक टोलीको तहबिलदार क्याप्टेन सेर हेनरी उडले आफ्नो श्रीमतीलाई लेखेको पत्रमा किल्लाभित्र यत्रतत्र लडिरहेका मृत शरीरहरुको बीभत्स दृश्यको बयान गरेको थियो । घाइतेहरुको “अवस्था अति दयनीय” थियो । खाटमा लडिरहेको टाउकोमा घाउ लागेको मासिनले ‘रगतले भिजेको धूलोमा आफ्नो औंलाले चित्र कोरिरहेको थियो ।”
एउटी गोर्खाली महिलाले एउटा भल्भल्ती रगत बगिरहेको बालकलाई दूध ख्याउँदै थिइन् । स–साना दुईटी बालिकाहरु एकजना त भरखर लरखराउँदै हिँड्न सिकेका यताउति हिँडिरहेका थिए, तिनीहरुका आबाबाबु भने मरिसकेका थिए । शेर उडले अगाडि लेखेका छन्, “मैले युद्धको विभीषिका देखें, साँच्चै नै यो दृश्य अति बिभत्स थियो । कलुङ्गा ९खलंगा०को घटना त रक्ताम्य थियो र यस युद्धमा गोर्खालीहरुको भन्दा अंग्रेजहरुको ठूलो क्षति भएको थियो । बलबहादुरको (वा बलभद्रको) पक्षमा लड्ने ५२० जना मरेका थिए भने अंग्रेस फौजपट्टी ३१ जना अफिसरहरु र अरु दर्जाका ७५० जना सैनिक मरेका थिए ।’
(लेखक टेकबहादुर कार्कीले संकलन तथा अनुवाद गरी प्रकाशित गरेको ‘केही विदेशी पुस्तकमा नेपाल र नेपाली’ पुस्तकबाट)