राजधानीको पनि राजधानी बालुवाटार
सडकमा मकै पोल्न पाइन्न
न्यायको आवाज बोल्न पाइन्न
बालुवाटारमा ठूला मान्छे बस्छन्
उनेरूलाई भेट्न बिदेशिहरू पस्छन्
देशको स्वभिमानको मोल मोलाइमा
ठूला मान्छेको व्यापार ठूलो हुन्छ
जाबो मकै पोल्नेको समस्या कसले सुन्छ
सडकमा उभिएर पोलेको मकै चपाउँदा
बिदेशी कुटनितिज्ञले देखे भने
हाम्रो अन्तराष्ट्रिय बेइज्जत हुँदैन ?

बालुवाटारमा पुगेको हरियो मकै
काभ्रेको खेतमा फल्यो कि
धादिङका किसानले फलाए
उनिहरूलाई पनि प्रतिबन्ध लगाऊ
पोलेको मकै चपाउने को को हुन्
उनिहरूका दाँत भाँच
बहुराष्ट्रिय कम्पनिको तयारी खाजाको सट्टा
पोलेको मकै चपाउनेलाई देशद्रोहको मुद्दा लगाऊ
तिम्रो समाजबाद तब न मौलाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर