बैठकले गरेका निर्णयहरु:
महासचिव नगेन्द्र राई, केन्द्रीय सदस्यहरू निल बहादुर पुन र कृष्ण गुरुङलाई संगठन बिरोधी गतिविधि गरेकोले साधारण सदस्यता समेत नरहने गरी केन्द्रीय समितिबाट निश्कासन
मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको अध्यक्ष निल बहादुर पुनलाई संगठन बिरोधी गतिविधि गरेकोले साधारण सदस्यता नरहने गरी केन्द्रीय समितिबाट निश्कासन
महासचिवमा सोही संगठनका सचिव फुर्नामगेल तामाङलाई र महासंघ केन्द्रिय कार्य समिति सदस्यहरुमा भिम श्रीस र पदम लिम्बुलाई निर्वाचित
बिश्व आदिबासी दिवस आगामी २०७९ साल श्रावण २४ गते काठमाडौंमा भब्यरुपमा मनाउने निर्णय

६ असार काठमान्डौ ।
अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय कार्य समितिको बिस्तारित बैठक नेकपा(क्रान्तिकारी माओवादी) स्थाई समितिका सदस्य रामसिंह श्रीस,अखिल नेपाल किसान महासंघ क्रान्तिकारी अध्यक्ष सीताराम तामाङ र अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय कार्य समितिका पूर्व अध्यक्ष कमल चौधरीको बिशेष आतिथ्यमा प्राध्यापक डा ओम गुरुङ को अध्यक्षतामा बस्यो ।

हार्दिक शुभकामना !


बैठकले महासचिव नगेन्द्र राई, केन्द्रीय सदस्यहरू निल बहादुर पुन र कृष्ण गुरुङलाई संगठन बिरोधी गतिविधि गरेकोले साधारण सदस्यता समेत नरहने गरी केन्द्रीय समितिबाट निश्कासन गरयो र महासचिवमा सोही संगठनका सचिव फुर्नामगेल तामाङलाई र महासंघ केन्द्रिय कार्य समिति सदस्यहरुमा भिम श्रीस र पदम लिम्बुलाई निर्वाचित गरियो ।


त्यसैगरी साही दिन राम सिं श्रीसको प्रमुख आतिथ्यमा अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय कार्य समितिका अध्यक्ष प्राध्यापक डा ओम गुरुङ को बिशेष उपस्थितिमा अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको बिस्तारित बैठक रामसिंह श्रीस र प्रा डा ओम गुरुङको उपस्थितिमा जेष्ठ उपाध्यक्ष भिम श्रीसको अध्यक्षतामा बैठक बसी मगर मुक्ति मोर्चा नेपालको केन्द्रीय समितिको अध्यक्ष निल बहादुर पुनलाई संगठन बिरोधी गतिविधि गरेकोले साधारण सदस्यता नरहने गरी केन्द्रीय समितिबाट निश्कासन गरियो र भरत बुर्जा मगरलाई अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष निर्वाचित गरियो ।
अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय कार्य समितिका बिस्तारित बैठकले बिश्व आदिबासी दिवस आगामी २०७९ साल श्रावण २४ गते काठमाडौंमा भब्यरुपमा मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर