संयुक्त प्रेस वक्तव्य
गठबन्धन सरकारले असार ६ गतेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल) र हवाई इन्धनको मूल्यवृद्धि गरेको छ । माघ–५, २०७८ देखि असार–५, २०७९ को पाँच महिनाको अवधिमा यो दशौंपटकको मूल्यवृद्धि हो । यसप्रकारको मूल्यवृद्धिले चौतर्फी महङ्गी मात्रै बढाएको छैन, बरु मजदुर, किसान र विपन्नहरुको जीवन–जीविका संकटको अग्लो पहाडले थिचिरहेको छ । यस परिस्थितिमा नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध जबस मोर्चाको धारणा सार्वजनिक गर्न यो संयुक्त प्रेस वक्तव्य जारी गरिएको छ ।
१. यो मूल्यवृद्धिलाई कुनै एक सामान्य परिघटना न कि, पुरानो राज्यसत्ता–व्यवस्थाले जनता–राष्ट्र विरुद्ध चलाइरहेको शोषण–उत्पीडनको पछिल्लो कडी हो भनेर बुझ्नुपर्छ । यसप्रकारको संकटको समाधान पुरानो राज्यसत्ताको अन्त्य एवं सर्वहारा जनाधिनस्थ राज्यसत्ता स्थापनाबाट मात्रै सम्भव हुन्छ ।
२. मौजुदा राज्य–व्यवस्था निरन्तर संकटग्रस्त रहेको स्थितिमा, जनताले नयाँ र क्रान्तिकारी विकल्पबारे विज्ञानवत बहसको प्रक्रियाद्वारा सहि निष्कर्षमा पुग्न, एकगठ हुन र आन्दोलित हुन अत्यन्तै जरुरी भएको छ ।
३. अन्त्यमा, हामी वर्तमान सरकारसँग सचेत खबरदारी गर्न चाहन्छौं कि, यो मूल्यवृद्धि अविलम्ब फिर्ता गरियोस । किसान, मजदुर र विपन्नलाई अविलम्ब राहतका कार्यक्रम घोषणा गरियोस । यससँगै हाम्रो प्रतिबद्धता यो छ कि, आन्दोलनका जुनकुनै बिधि र प्रक्रियाद्वारा हामी जनता र राष्ट्रलाई यसप्रकारको संकटबाट मुक्त गर्ने आन्दोलनको नेतृत्वका निम्ति तयार छौं ।
धन्यवाद !
क्रान्तिकारी अभिवादन सहित !
हस्ताक्षरकर्ताहरु:
१. प्रा.डा.ओम गुरुङग अध्यक्ष अखिल नेपाल आदिवासी जनजाति महासंघ
२.सीताराम तामांग अध्यक्ष अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)
३. पवनमान श्रेष्ठ, अध्यक्ष- नेवा: राष्ट्रिय मुक्ति माेर्चा 
४.अम्विका मुडभरी अध्यक्ष अनेमसंघ(क्रान्तिकारी)
५. प्रा.डा. जगदीशचन्द्र भण्डारी अध्यक्ष अखिल नेपाल जनसांस्कृतिक महासंघ र अध्यक्ष नेपाल राष्ट्रिय प्रध्यापक संगठन
६. हुकुमबहादुर सिंह अध्यक्ष राष्ट्रिय क्रान्तिकारी बुद्धिजीवी संगठन नेपाल
७ इश्वर तिमिल्सिना अध्यक्ष अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ
८. भरत बूर्जामगर अध्यक्ष मगर मुक्ति मोर्चा
९. हरीकृष्ण गजुरेल अध्यक्ष अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)
१०. केशव ढल्कोटी अध्यक्ष क्रान्तिकारी युवा लिग, नेपाल
११. विजयराज बज्राचार्य, अध्यक्ष- अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन,

हार्दिक शुभकामना !

१२ अमर परियार संयोजक नेपाल दलित मुक्ति मोर्चा 

१३. नारायण पंगेनी अध्यक्ष क्रान्तिकारी पत्रकार महासंघ

प्रतिक्रिया

सम्बन्धित खवर