अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेशको आयोजनामा मूल्य वृद्धिको बिरोध

अखिल क्रान्तिकारी सुदुरपश्चिम प्रदेशको आयोजनामा मूल्य वृद्धिको बिरोध

६ असार कैलाली ।
अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेशको आयोजनामा मूल्य वृद्धिको बिरोधमा कैलाली जिल्लाको अत्तरियामा विरोध प्रदर्शन गरिएको छ । अत्तरिया चोकमा विद्यार्थीहरूद्वारा ल्पेकार्डसहीत नारालगाउदै कोणसभा सम्पन्न गरिएको थियो ।


कोणसभालाई अखिल (क्रान्तिकारी) सुदुरपश्चिम प्रदेशका संयोजक पुष्कर जोशीले सम्बोधन गर्नु भएको थियो । उक्त कोणसभामा बोल्दै जोशीले.यो दलाल संसदीय व्यवस्थाले बारम्वार महंगी बढाएर जनताको ढाड भाँच्ने काम गरेको छ । कोणसभामा अखिल क्रान्तिकारी कैलाली जिल्ला सदस्य गोपाल साउदले सम्बोधन गर्नु भएको थियो ।
मूल्य वृद्धिको दृघकालिन समाधान नै वर्तमान संसदीय व्यवस्थाको विकल्प खोज्ने हो । अहिले जे जति मूल्य वृद्धि गरिएको छ, तत्काल खारेज गर्नु पर्नेमा सबैको जोड थियो ।