६ असार काठमाण्डौ ।
भर्खरै नेकपा( क्रान्तिकारी माओवादी )निकट अखिल नेपाल किसान महासङ्घ ( क्रान्तिकारी )को केन्द्रीय समितिको बैठक काठमाण्डौमा सम्पन्न भएको छ । पार्टीका महासचिब किरणको प्रमुख आतिथ्यमा बसेको उक्त बैठकको अध्यक्षता सीताराम तामाङले गर्नु भएको थियो भने सञ्चालन महासचिब धनेश्वर पोख्रेलले गर्नु भएको थियो ।
बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि महसचिब किरणले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले गरेका केही महत्वपूर्ण निर्णयहरू सम्पेषण गर्नु भएको थियो । सोही क्रममा राष्ट्रिय अन्तराष्ट्रिय परिस्थितिको व्याख्या गर्दै युक्रेन–रसियाको युद्द र आर्थिक क्षेत्रमा यसले पारेको बिश्वब्यापी प्रभाबबारे चर्चागर्दै त्समा अमेरिकी साम्राज्यवादको भूमिका र उस्ले एमसीसी प्रकरण पछि योजनाबद्द ढङ्गले एसपीपी सम्झौतासम्म आउदा नेपालमाथि अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढ्दै गएको र दिनपर्तिदिन राष्ट्रिय स्वाधीनता माथि खतरा उत्पन्न हुँदै गएको कुरा उल्लेख गर्नु भएको थियो । साथै यो स्थितिमा ने क पा (क्रान्तिकारी माओवादी )र त्यसका सम्पूर्ण भातृ सङ्गठनहरु एकढिक्का भएर साम्राज्यवादी हस्तक्षेपका बिरुद्धको लडाइँमा लाग्गुपर्नेकुरामा जोड दिनु भएको थियो ।
साथै वहाँले किसान महासङ्घलाई बैचारिक/राजनैतिक र सङ्गठनको क्षेत्रमा सुदृढ र बिस्तारगरी तथा महासङ्घको अबधारणा अनुसार पेसागत सङ्गठनहरु निर्माणगरी किसानका तात्कालिक र दीर्घकालीन समस्याहरु हलगर्न एकल वा सम्युक्त रुपमा सशक्त आन्दोलन उठाउनुपर्ने कुरामा जोडदिनु भएको थियो ।
किसान महासङ्घको केन्द्रीय समितिले गरेका केही महत्वपूर्ण निर्णयहरु यसप्रकार रहेका छन् :–
१)बैचारिक / राजनैतिक काम:
ड्ड सबै प्रदेशहरुमा बैठक,भेला पर्शिक्षण गर्ने ।
ड्ड किसान आन्दोलनलाई केन्द्रमा राखी सम्भब भएसम्म सबै प्रदेशहरुमा आगामी भाद्र मसान्तसम्म सर्बपक्षिय अन्तर्कृया कार्यक्रम गर्ने ।
२)सङ्गठन सम्बन्धि काम:–
व्यापक रुपमा सदस्यता बितरण,सङ्गठन निर्माण ,सुदृढीकरण र परिचालन गर्ने ।
पेसागत सङ्गठनहरुको भेला/बैठक गरि कार्ययोजना तयारपारी अगाडी बढ्ने । आम पेसागत किसानहरुलाई महासङ्घमा सङ्गठित गरि आन्दोलनमा सहभागी गराउन जोड गर्ने ।
३) सङ्घर्षबारे :
किसानका मल, बिउ,लगायतका तत्कालीन तथा दीर्घकालीन समस्याहरुको समाधानकालागि चरणबद्द रुपमा एकल वा सम्युक्त आन्दोलनमा नेतृत्वदायी भूमिका निभाउने लगायत आर्थिक ,प्रकासन,कार्यालय ब्यबस्थापन सम्बन्धि निर्णयहरु गरिएको छ । बैठकमा सबै केन्द्रीय सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर