
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को ३ नं. प्रदेशले सम्बद्ध जबस मोर्चाको समेत संयुक्त आयोजनामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा आज (मंगलबार) नेपाल आयल निमगको कार्यालयमा धर्ना दिने भएको छ ।
त्रिपुरेश्वर स्थिति आँखा अस्पताल अगाडि जम्मा भएर नारा जुलुससहित नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकुमा पुगेर धर्ना दिने कार्यक्रम रहेको सम्बद्ध स्रोतले जनाएको छ ।

आयल निगमले स्थानीय तहको निर्वाचन सकिएकै भोलिपल्ट एकैपटक पेट्रोलियम पदार्थको मूल्यमा १० रुपैयाँ बढाएको छ । पटक पटक मूल्य बढाउँदै आएको आयल निमगले पेट्रोलको मूल्य लिटरको १७० पु¥याएको छ ।
निर्वाचनमा भएको खर्च असुल उपर गर्न सेटिङमै पेट्रोलियम पदार्थको थोकमा मूल्यवृद्धि गरेको र यो सँगैे दैनिक उपभोग्य वस्तुहरुको अत्यधिक मूल्यवृद्धि हुने र जनसर्वसाधारण प्रत्यक्ष मारमा पर्ने भन्दै क्रान्तिकारी माओवादी सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लगायत चार विद्यार्थी संगठनले ३१ गते आयल निगमकै गेटमा विरोध प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनस्थलबाटै विध्यार्थी मिनराज शाहीलाई प्रहरीले गिरफ्तार गरेको थियो । चौतर्फी दबाब भएपछि राती १० बजे उनलाई छाडिएको थियो । शाहीको रिहाईको लागि चार विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति समेत निकालेका थिए ।