नेकपा (क्रान्तिकारी माओवादी)ले चुनावलाई बहिष्कार गरौँ भन्ने महत्वपूर्ण र अर्थपूर्ण आवाज लिएर नागरिकका घरदैलोमा गइरहेको छ ।
सरकारले दलाल पुँजीवादी संसदीय व्यवस्था अन्र्तगत ०७९ साल वैशाख ३०मा गर्न लागेको निर्वाचन बहिष्कार गरौं भने नाराका साथ क्रान्तिकारी माओवादी ७७ वटै जिल्लाका बस्तीहरुमा पुगिरहेको छ ।
नेपालमा असफल सावित भैसकेको दलाल संसदवादीहरु सत्तामा बसिराख्ने एउटा कार्यक्रमको रुपमा अगाडि सारिएको प्रतिक्रियावादी निर्वाचनको विरोध गर्दै नागरिकको घरैदैलोमा पुगेर उहाँहरुको प्रत्यक्ष कुरा सुनेपछि उठेका सवालहरु यहाँ राख्न खोजिएको छ ।
सधैको निर्वाचनमा जस्तो नागरिकमा यसपटको निर्वाचनमा पटकै उत्सुकता छाएको छैन । नेताहरुप्रतिको विश्वास गुमेको छ । स्वतन्त्र उम्मेदवारहरु छयास्स छ्यास्ती देखिन्छन । उनीहरुमा पनि देश बनाउने योजना भन्दा पनि नेताहरु प्रतिको आक्रोश र महत्वकांक्षाले मात्र घर गरेको देखिन्छ ।
अधिकांश नागरिकहरु संसदवादी नेताहरुले नागरिकलाई दु:ख दिएको, उत्पीडितवर्गलाई धोका दिएको र देशको सीमानाको रक्षा समेत गर्न नसकेको आक्रोश पोखिरहेका भेटिन्छन् । कतिपय नागरिकहरु देश र नागरिकको हित गर्न सक्ने राजनीतिक पार्टी र नेताहरु नभएको भन्दै निराशा व्यक्त गरिरहेका छन् ।
यति हुदाहुदै पनि केहि ठाउँहरुमा फलानो पार्टी र फलानो चिन्हमा भोट हाल्ने शर्तमा बिहान सबेरैदेखि मान्छेको स्तर निधारण गरि कसैलाई वियर र कसैलाई लोकल रक्सीको नसामा डुबाएर राखेको पनि भेटियो । कतिपय नागरिकहरुले कसैलाई पनि भोट नहाल्ने भनिरहेको पनि सुनियौं । यस्ता थुप्रै नागरिकहरुका गुनासाहरुका माझमा क्रान्तिकारी माओवादीले चलाएको चुनाव बहिष्कार अभियानलाई हृदय देखि नै स्वागत गर्ने मानिसहरु पनि भेटिए । राष्ट्रियताको पक्षमा क्रान्तिकारी माओवादीले गरेको आन्दोलन , जनतन्त्र र जनजीवीकाको पक्षमा उठाएका मुद्दाका कारण सच्चा क्रान्तिकारीहरुको पार्टी भनेको नेकपा(क्रान्तिकारी माओवादी) हो भन्ने भावना बोकेका युवा देखि वृद्धासम्म पनि भेटिए ।
यसरी सबैका कुरा सुन्दै चुनाव बहिष्कार अभियानमा जुटेको क्रान्तिकारी माओवादीले ठाउँठाउँमा बहिष्कारका पोष्टर टाँस्ने र नागरिकका हात हातमा पर्चा पुर्‍याएको छ । चुनाव बहिष्कारको औचित्य र आवश्यकता बताएको छ । हाम्रो पार्टीले उठाएका मुद्दाहरुमा सहमत देखिनेहरु बीचमा घनिभूत छलफहरु चल्न थालेको छ ।
यसरी नागरिकको तहबाट हेर्दा बहिष्कारको अभियान बोकेर गाउँघर पुग्दा सकारात्मक उर्जा प्राप्त भएको छ । संसदीय व्यवस्था मरणासन्न अवस्थामा पुगेको अनुभूती गर्न सकिन्छ । नागरिकले भोट माग्न आउने भन्दा भोट नदिनु होस स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना रहेको छैन भन्दा खुसी भएर कुरा सुन्न थालेका छन् । अहिलेको व्यवस्था दलाल पुँजीवादीहरुको बोलबाल रहेको र यो व्यवस्थाले गर्ने चुनाव निष्पक्ष हुदैन भन्नेमा नागरिकहरु जानकार हुन थालेको भेटिन्छ । जसले बढी भन्दा बढी पैसा खर्च गर्न सक्छ उसैले मात्र चुनाव जित्ने नागरिकहरुको बुझाई छ । बढी भन्दा बढी पैसा खर्च गरेर जितेपछि त्यहि पैसा उठाउनको लागि आफु र आफ्नो परिवारलाई भौतिक विलासमा रमाउनको लागि जितेको व्यक्तिले अनैतिक तरिकाले पैसा उठाउन पुग्दछ भन्ने नागरिकमा चेतना विकास हुदैगएको देखिन्छ । पैसाको खोलो बगाएर जित्नेहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या कसरी हल गर्ने भनेर किञ्चित सोच्दैनन् ।
यस्तै यावत कारणले उत्पीडित वर्ग र उत्पीडित जातीको राज्यसत्ता निर्माण गर्न अहिलेको चुनाव बहिष्कार गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने बाटोमा अगाडि बढनु पर्दछ भन्ने धारणा नागरिक समक्ष राखियो । हामीले राखेका धारणा र उहाँहरुले राखेका धारणाहरुमा एउटा समानता देखिएको छ । जुन अहिलेको राज्य व्यवस्था र संसदवादी राजनीतिक पार्टीहरुबाट देश र नागरिकको हित हुन सक्दैन भन्ने निष्कर्ष हो ।
त्यसैले देश र नागरिकको हित गर्न सक्ने अबको बाटो भनेको संसदीय व्यवस्थालाई अन्त्य गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने यात्रामा माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपालको मौलिकतामा प्रयोग गर्दै अगाडि बढनु पर्दछ । यसो गर्न सकियो भने मात्र नेपाल र नेपालीहरुको हित हुन सक्दछ ।
दलाल पुँजीवादी व्यवस्था अन्र्तगतको प्रतिक्रियावादी निर्वाचन बहिष्कारसँगै नयाँ जनवादी क्रान्तिको तयारीमा जुटौँ भन्ने सन्देश सहित अभियानमा यहाँसम्म आईपुग्दा बहिष्कारको प्रचार र यसको औचित्यताबारे नागरिकहरुसँग छलफल भइरहेका छन । गाउँबस्तीहरुमा क्रान्तिकारी माओवादीको चुनाव बहिष्कार किन भन्ने प्रश्नका जवाफहरु गएका छन् । देशमा मंहगी, भ्रष्टाचारी ,कमिशनखोरी र दलालीहरुको बिगविगी भएको त्यहि व्यवस्थालाई मलजल गर्न गरिने निर्वाचन बहिष्कार गर्नु उपयुक्त कदम हो भन्दै अभियानकौ दौरानमा क्रान्तिकारीहरुको धुवीकरण प्रक्रिया पनि चलिरहेको छ ।
सबैखाले पेसामा रहेका नागरिकहरुलाई यो अभियानले सकारात्मक प्रभाव पारेको स्पष्टै देखिन्छ । विचार र सिद्धान्तमा अगाडि रहेपनि गतिशिलता बढाउन क्रान्तिकारी माओवादीले सकेन भन्नेहरुले पनि गतिशिल हुन थालेको महशुस गरेका छन् । संसदवादी व्यवस्थाका शासकहरु त्रसित हुदै शान्तिपूर्ण रुपले गरिएको निर्वाचन बहिष्कार अभियानका नेता कार्यक्रर्तालाई पक्राउ गरेर आफ्नो कायरता प्रस्तुत गरिरहेको छ । तर सत्ता र व्यवस्था कै विकल्पमा लागेका पार्टीका नेता कार्यक्रर्ता फेरी पनि दु:ख र कष्ट सहन तयार भएर लागेका छन् ।
सबै नागरिकले आधारभूत अधिकार पाउनुपर्ने , राष्ट्रियताको रक्षा हुनु पर्ने जस्ता एजेण्डाहरु बोकेर निरन्तर सडक संघर्षमा होमिएको क्रान्तिक्रारी माओवादी पार्टीले बहिष्कार अभियान लिएर जनताको दैलोमा पुग्दा सच्चा माओवादीहरुको सक्रियाता बढेको प्रति नागरिकहरु उत्साहित छन् । क्रान्तिकारी पार्टीका नेता, कार्यक्रर्ता र जनताको दुरी नजिकिएको छ । चुनाबमा भोट हाल्नु अधिकार हो भने, नहाल्नु पनि अधिकार हो भन्ने मान्यताको विकास गराउन क्रान्तिकारी माओवादी केहि हदसम्म सफल भएको छ ।
सारा संसदवादी शक्तिहरु एकातिर भएर चुनाबमा होमिरहेको बेला एक्लै क्रान्तिकारी माओवादी पार्टीले बहिष्कार अभियानलाई नागरिकको घर दैलोमा पुर्‍याउन सक्नु भनेको अभियानप्रति जनताको विषेश सहानभूति छ भनेर प्रष्टै बुझन सकिन्छ ।
यति हुदा हदैपनि केहि विषयहरु एकदमै गम्भिर भएर देखा परेका छन् । केहि नागरिकहरु यो व्यवस्थाको विकल्पमा अगाडि हैन पछाडि फर्किन खोजी रहेको देखिन्छ । यो क्रान्तिकारी मओवादीको लागि मात्र होइन आम प्रगतिशिल नागरिकहरुला लागि निकै ठूलो चुनौतिको रुपमा खडा भएको छ । यसलाई परास्त गर्नका लागि सच्चा कम्युनिष्टहरुसँगको ध्रुवीकरणलाई बढाउनु पर्दछ भने जनतासँगको सम्बन्धलाई पनि वामपन्थीहरुले बढाउन जरुरी छ । पछिल्लो समय सर्वहारावर्ग भित्र पर्ने कतिपय मजदुर, किसान, सुकुम्बासी, महिला लगायतमा देखिएका निराशाहरुलाई हटाउन पनि क्रान्तिकारीहरुले निकै ठूलो संघर्ष गर्नु पर्ने देखिन्छ । क्रान्तिकारीहरुले जनतासँग दुरी बढाएका कारण पनि प्रतिगामीहरुले टाउँको उठाउन पाएका हुन् । त्यसैले सर्वहारा अधिनायकत्वका लागि संघर्षका होमिएका कम्युनिष्टहरुले जनतासँगै नङ र मासुको सम्बन्ध स्थापित गर्नु पर्दछ । यसका लागि नेता देखि कार्यकर्ता सम्म जनताको बस्तीमा आएर क्रान्तिको तयारीमा जुट्न आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर