जता त्यतै मेलाकाे राैनक
ग्राहककाे पर्खाईमा
गाउँले र सहरियाहरु
रङ्गी विरङ्गी सपना
आश्वाशनका पाेका
मासुभात र रक्सीकाे सगुनले
लठ्याएर
फेरि साैदागरहरु
उधाराे साैदावाजीमा
मुन्टाे झुकाएर
झण्डा उठाएर
दुबै हात जाेडी
भिक्षांदेहीकाे शैलीमा
पाँचबर्षे जागिर पक्का गराउन
तपाईं/हाम्रो घर आँगनमा ।

नयाँ पुराना अनुहार
नन्दि भृङ्गी अघिपछि लगाएर
ठूलाठूला बाचा गर्दै
सिनाे वरिपरि
झिँगा भन्के जस्तै
फन्काे मार्दैछन फेरि पनि !

हार्दिक शुभकामना !

हिजाे ढाँटेका थिए
आज ढाँट्दै छन्
फेरि पनि ढाँटी रहन्छन
उनीहरु !
ढाँटेकाे थाहा हुँदा हुदै
फेरि पनि
आफ्नाे अमुल्य मत
केही पैसा, चिप्ला कुरा र
फाेस्रा आस्वाशनमा
वेचि रहेका छाैं अझै पनि !

उनीहरु झुक्याई रहन्छन
झुक्याउन सकेकाेमा
दङ्ग छन उनीहरु
झुक्कीए पनि
ठगिए पनि
लुटिए पनि
देख्दा देख्दै
दास भई सक्दा पनि
पछुताे छैन हामीलाई
डरले हाे कि करले
या हाे रहरले
हामी झुक्कीए जस्ताे गरि रहन्छाै
अनि बेची रहेका छाैं
आफ्नो अमुल्य मत
काैडिकाे भाउमा ।

दान दिएकाे
मेराे अमुल्य मतले
गर्छु भनेकाे केही गर्दैन
गर्दिन भनेकाे दाेहाेर्याई रहन्छ
साधुलाई सुली चढाउँछ
चाेरलाई चाैताराे सुम्पन्छ
विदेशीका पाउमा लम्पसार परेर
राज्यकाे ढुकुटीमा दाइ गर्छ
परिवर्तनकाे संवाहक ठानेकाे
मेराे अमुल्य मत
भ्रष्टाचार र राष्ट्रघातकाे
मतियार बनि रहेकाे छ ।

तर पनि म माैन छु
खालिपेट नाङ्गाे शरीर लिएर
नारा लगाई रहेकाे छु
अनि
ओफ्नाे अमुल्य मत बेचि रहेकाे छु
उहीँ पुरानाे भिडमा मिसिएर ।

२०७९ वैशाख २२

प्रतिक्रिया

सम्बन्धित खवर