“ सबै चीजको निर्धारण विचारले गर्दछ ।”
– माओ त्सेतुङ
हामी क्रान्तिकारी कम्युनिस्टहरुले माक्र्सवाद – लेनिनवादको अध्ययन किन गर्ने ? क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुले मालेमावादको अध्ययन किन गर्ने ? आम मुक्तिकामी जनता तथा सर्वहारा श्रमजीवी वर्गले मालेमाबादको अध्ययन किन गर्ने ?
यो प्रश्न एक दार्शनिक प्रश्न हो । यो एक सैध्दान्तिक प्रश्न हो । यो एक वैचारिक प्रश्न हो । यो एक राजनीतिक प्रश्न हो । सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरूका लागि साँच्चिकै महत्वपूर्ण प्रश्न हो । यो साँच्चिकै देश र जनताको मुक्तिसंग जोडिएको प्रश्न हो ।
हामी क्रान्तिकारी कम्युनिस्टहरूले मालेमावादको अध्ययनको विषयलाई गंभीर्तापूर्वक लिनैपर्छ । हामी क्रान्तिकारी कम्युनिस्टहरूले मालेमावादको अध्ययनको विषयलाई एउटा जीवनपध्दति र जीवन कार्यशैलीका रुपमा ग्रहण गर्नैपर्छ । यसो गरिएन भने साँच्चिकै क्रान्तिकारी कम्युनिस्ट बन्न सकिदैन ।
बरु यसको ठिक उल्टो चरम अवसरवादी बनिन्छ । यसको ठिक उल्टो दक्षिणपन्थी संशोधनवादी बनिन्छ । यसको ठिक उल्टो देश , जनता , पार्टी र क्रान्तिका लागि लाल गध्दार बनिन्छ । यसको ठिक उल्टो राष्ट्रघाति – जनघाति मात्रै होइन देशबेचुवा राष्ट्रिय गध्दार भइन्छ । र , अन्तिममा प्रतिक्रियावादी कित्ता पुगेर सिध्दिने कुरा आउँछ ।
त्यसैले क्रान्तिकारी कम्युनिस्टहरूले , कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुले , सारा सर्वहारा श्रमजीवी वर्ग र आम मुक्तिकामी जनसमुदायले माक्र्सवाद – लेनिनवाद – माओवादको गहण अध्ययन र मालेमावादलाई व्यवहार मै जीवनपध्दतिका रुपमा आत्मसात गर्न जरुरी छ ।
पहिलो कुरा चीजलाई नबुझीकन त्यसविषयमा जान्ने कुरै भएन । त्यसो भएर पहिलो नम्बरमा माक्र्सवाद के हो ? लेनिनवाद के हो ? माओवाद के हो भन्ने कुरा बुझ्न र जान्न आवश्यक हुन्छ ।
माक्र्सवाद भनेको के हो ?
यस विषयमा छलफल गरौं । माक्र्सवाद भनेको कार्ल माक्र्स ( सन १८१८ – १८८३ ) र फ्रेडरिक एंगेल्सद्वारा सन १८४८ फेब्रुअरी २१ दिन कम्युनिस्ट लिग मार्फत् लण्डनबाट जारी गरिएको कम्युनिस्ट घोषणापत्रलाई बुझ्नु पर्यो । त्यही माक्र्स – एंगेल्सले सन १८४८ फेब्रुअरी २१ का दि लण्डनबाट जारी गरिएको विश्वविख्यात कम्युनिस्ट घोषणापत्र पत्र नै सर्वहारा श्रमजीवी वर्गको , रगत र पसिना बिक्री गरेर बाँच्ने वर्गको मुक्तिको सिध्दान्त बन्यो । अर्थात् त्यही कम्युनिस्ट घोषणापत्र मार्फत् माक्र्स – एंगेल्सले माक्र्सवादको प्रतिवादन गर्नु भयो ।
माक्र्सको दर्शन द्वन्द्वात्मक भौतिकवादी र ऐतिहासिक भौतिकवादी दर्शन हो । यो नै सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । हरेक वस्तुको सिध्दान्त र पध्दति हुन्छ । माक्र्सवादको सिध्दान्त भौतिकवाद हो भने माक्र्सवादी दर्शनको पध्दति द्वन्द्ववाद ।
माक्र्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद , अतिरिक्त मूल्यको सिध्दान्त , वर्गसंघर्ष तथा इतिहासमा बलप्रयोगको मूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद माक्र्सवादका आधारभूत मान्यता हुन् ।
विश्व सर्वहारा वर्गका महान् नेता लेनिनलेको भनाइअनुसार “माक्र्सवाद भनेको माक्र्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृङखला हो । माक्र्सवादको निर्माण दर्शन, राजनीतिक अर्थशास्त्री र वैज्ञानिक समाजवादका ती संघटक तत्वहरुको सश्लेषणबाट बनेको छ ।”
माक्र्सवादले पदार्थ , प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ । माक्र्सवादले चेतनालाई वस्तुजगतको आत्मिक प्रतिबिम्बन मान्दछ र विश्वलाई बोधगम्य बताउँछ ।
माक्र्सले ऐतिहासिक भौतिकवादमा सामाजिक सत्ता र सामाजिक चेतना, उत्पादन शक्ति र उत्पादन सम्बन्ध , आधार र उपरिसंरचना तथा उत्पीडक र उत्पीडित वर्गका बीचको संघर्षको मान्यता प्रस्तुत गर्नुभएको छ । माक्र्सको राजनीतिक अर्थशास्त्र, श्रमको मूल्य सिध्दान्तमा आधारित रहेको छ । माक्र्सको वैज्ञानिक समाजवाद – वर्गसंघर्ष, इतिहासमा बलप्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र साम्यवादका आधारभूत मान्यताहरुद्वारा निर्मित भएको छ ।
दर्शन युग सापेक्ष हुन्छ । त्यसो भएर नै कार्ल माक्र्सले दर्शनशास्त्रलाई आफ्नो समयको “ बौद्धिक सार” , “संस्कृतिको जीवित तत्व” भन्नुभएको छ । – कार्ल माक्र्स – फ्रडरिक एंगेल्स , संकलित रचना संग्रह , खण्ड १ , पृष्ठ १०५ ।
लेनिनवाद भनेको हो ?
हामीले लेनिनवादका विषयमा गहन अध्ययन गरेर जानकारी हासिल गर्न जरुरी छ । लेनिनवाद (१८७० – १९२४) माक्र्सवादको गुणात्मक विकासको दोस्रो चरण हो । पुँजीवादले साम्राज्यवादमा प्रवेश गर्नु , उत्पादक शक्ति , सर्वहारा आन्दोलन तथा ज्ञान – विज्ञानका विविध क्षेत्रमा थप प्रगति हुँदै जानू र यसप्रकारको नयाँ परिस्थिति अनुरुप माक्र्सवादलाई नयाँ उचाइमा विकसित गर्नपर्ने ऐतिहासिक आवश्यकताका बीचबाट लेनिनवाद जन्मिएको हो।
लेनिनले जुन राजनीतिक अर्थशास्त्रका पुँजीवादको चरम विकास साम्राज्य हो र साम्राज्यवाद भनेको मरनासन्नापुँजीवाद हो , सढेगलेको पुँजीवाद हो र साम्राज्यवाद भनेको सर्वहारा क्रान्ति
( वैज्ञानिक समाजवादी क्रान्ति) को पूर्वबेला भन्नु भयो र संगठनका क्षेत्रमा जुन जनवादी केन्द्रीयताको सिध्दान्त प्रतिपादन गर्नु भयो । यो नै लेनिनवाद हो ।
स्टालिनले “लेनिनवाा भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको माक्र्सवाद हो” भन्नुभएको छ । लेनिनवादका बारेमा स्टालिनले अझै अगाडि बढेर भन्नुभएको छ , “लेनिनवाद भनेको सामान्यतः सर्वहारा क्रान्तिको सिध्दान्त तथा कार्यनीति र विशेषतः सर्वहारा वर्ग अधिनायकतन्त्रको सिध्दान्त र कार्यनीति हो ।” – लेनिनवादका आधारहरु – स्टालिनका छानिएका रचनाहरु पृ. ९० , पैरवी प्रकाशन काठमाडौं , २०६४ ।
लेनिनवादको सिध्दान्त , विश्वदृष्टिकोण र शिक्षाका बारेमा कमरेड माओले भन्नुभएको छ, “लेनिनवादको सिध्दान्तले माक्र्सवादको विकास गरेको छ । यो कुन सन्दर्भमा भएको छ ? प्रथम विश्वदृष्टिकोणमा , भौतिकवाद र द्वन्द्ववादमा र द्वितीय क्रान्तिको सिध्दान्त र कार्यनीतिमा विशेषतः वर्गसंघर्ष, सर्वहारा वर्गको अधिनायकत्व र सर्वहारा वर्गको राजनीतिक पार्टीका प्रश्नहरुमा र यसका साथै वैज्ञानिक समाजवादी निर्माणमा लेखिएका शिक्षाहरु रहेका छन् ।” – कभभिअतभम धयचपक या ःबय त्कभत्गलन खय.ि ख, उ. घद्धज्ञ– घद्धद्द ायचभष्नल बिलनगबनभ उचभकक एभपष्लन, ाष्चकत भमष्तष्यल द्दढठठ.
माओवाद भनेको के हो ?
माक्र्सवाद – लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । सामन्तवादी– साम्राज्यवादी शोषणको दोहोरो उत्पीडनबाट आक्रान्त अविकसित देशहरुका क्रान्तिका समस्याहरुको समाधान गर्नुपर्ने , सन १९५३ मा स्टालिनको मृत्यु पश्चात् रुस एवं पूर्वी युरोपका कैयौं देशहरूमा पुँजीवादकोपुनःस्थापनाका कारणहरुको खोज गरी त्यसबाट शिक्षा लिनुपर्ने तथा त्यसबाट उत्पन्न वैज्ञानिक समाजवादी समाजका अन्तर्विरोधहरुको समाधान गर्नुपर्ने र आधुनिक संशोधनवादका विरुद्धको लडाइँ लड्नुपर्ने ऐतिहासिक आवश्यकताको पृष्ठभूमिमा माओद्वारा माक्र्सवाद – लेनिनवादको थप परिमार्जन तथा विकास गरी त्यसलाई माक्र्सवाद – लेनिनवादको तेस्रो , नयाँ र गुणात्मक उचाइमा पुर्याउने काम भयो ।
लेनिनद्वारा माक्र्सवादलाई त्यसको समग्रतामा विकासको दोस्रो चरण लेनिनवादको चरणमा पुर्याउने काम भयो । आज यो विज्ञान संघर्ष कै क्रममा विकासको तेस्रो , नयाँ र उच्च चरणमा पुगेको छ । यो तेस्रो, नयाँ र उच्च चरण कमरेड माओद्वारा विकास गरिएको माओवादको चरण हो ।
यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिध्दान्तको सिंगो अभेद्य ईकाइको रुपमा माक्र्सवाद – लेनिनवाद – माओवाद रहेको छ । यसरी आज माओवाद सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिध्दान्तको रुपमा स्थापित र विकसित हुन पुगेको छ ।
माओवादलाई आजको विश्वको माक्र्सवाद – लेनिनवादको रुपमा नगरीकन कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन । आजको विश्वको माक्र्सवाद – लेनिनवाद भएकोले नै संसारभ,का प्रतिक्रियावादी , संशोधनवादीहरुले माओवाद एवं माओवादीहरुमाथि भीषण हमला गरिरहेका छन् ।
कम्युनिस्ट क्रान्तिकारीहरुले मालेमावादको अध्ययन किन गर्ने ?
अब हामी क्रान्तिकारी कम्युनिस्टहरूले , क्रान्तिकारी कम्युनिस्टलपार्टीका नेता – कार्यकर्ताहरुले , विश्व सर्वहारा वर्ग र आम उत्पीडित जनसमुदायले किन मालेमावादको गहिरो अध्ययन गर्नु पर्दछ त ? भन्ने विषयमा छलफल गर्ने छौ ।
हामीले माथि पनि धेरै ठाउँमा उल्लेख गरिसकेका छौ कि माक्र्सवाद अर्थात् मालेमावाद सर्वहारा श्रमजीवी वर्गको मुक्तिको सिध्दान्त र उसको विश्वदृष्टिकोण हो भन्ने बारेमा जानकारी लिइसकेका छौं ।
मालेमावादको अध्ययन किन गर्नुपर्ने ? त्यसबाट हामीलाई के फाइदा हुन्छ ? अथवा मालेमावादले हामीलाई कुन कुरा प्रदान गर्दछ ?
मालेमावादको अध्ययनले प्रथमतः हामीलाई विश्वदृष्टिकोण पैदा गर्दछ , विश्वलाई हेर्ने, बुझ्ने, व्याख्या – विश्लेषण गर्ने र अन्तिममा त्यसलाई बदल्ने बाटोमा पथप्रदर्शन गर्ने काम गर्दछ ।
क्रान्तिकारी कम्युनिस्टहरू सामान्यतः मालेमावादको अध्ययनमा बल दिने गर्दछन् ।त्यसो गर्नुमा एउटा मुख्य कारण के हो भने मालेमावाद यस्तो चीज हो , जसले हामीलाई सैध्दान्तिक ढंगले कसरी सोच्ने , सैध्दान्तिक धरातलमा उभिएर परिघटननहरुलाई कसरी हेर्ने भन्ने कुरा सिकाउछ ।र, विश्वमा रहेका कुनै पनि वस्तु र घट्ने कुनै पनि परिघटनालाई चिन्न , बुझ्न , त्यसको अध्ययन विश्लेषण गर्नका साथै त्यसलाई बदल्ने वैज्ञानिक साधन भएकोले क्रान्तिकारी कम्युनिस्टहरू मालेमावादको गहन अध्ययन गर्ने र त्यसलाई आत्मसात गरेर वास्तविक जीवन व्यवहारमा लागु गर्नु सबैभन्दा महत्वपूर्ण कर्तव्य हो ।
मालेमावादले विश्व सर्वहारा वर्गलाई कस्तो प्रकारको ज्ञान ( शिक्षा ) दिन्छ त ? भन्ने कुरामा माक्र्स – लेनिन – माओ स्वयंले भन्नुभएको कुराहरुबाट स्पष्ट हुन सकिन्छ ।
भनिन्छ सर्वहारा वर्गले संसारलाई ठिकशीत बुझ्ने र त्यसलाई फेर्ने एक अचूक बौद्धिक भेटाउछ । लेनिनले त्यसको महत्वलाई यसरी दर्साउनु भएको छ , “ माक्र्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकवाद हो , जसले मानवजातिलाई र खास रुपले मजदुर वर्गलाई ज्ञानका शक्तिशाली आौजारहरु प्रदान गरेको छ । ” – लेनिन , संकलित रचनाहरु , भाग १९ , पृ . २५ ।
दर्शनको महत्व बारे माक्र्सले स्वयं लेख्नुभएको छ , “ जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ , त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ । ” – माक्र्स – एंगेल्स , संकलित रचनाहरु , भाग ३ , पृ. १८७ ।
त्यस्तै माक्र्सवादको दार्शनिक पक्षको महत्वलाई कमरेड माओले निम्न रुपमा दर्साउनु भएको छ , “ माक्र्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ ः माक्र्सवादी अर्थशास्त्र र माक्र्सवादी समाजवाद अर्थात् वर्गसंघर्षको सिध्दान्त , तर जग चाहिँ माक्र्सवादी दर्शन हो । यदि त्यसलाई मनन गरिँदैन भने हाम्रो एउटा साझा भाषा वा कुनै साझा तरिका हुनेछैन , हामी चीजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्क मात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन गरिसके पछि थुप्रै दुःखहरुकाट जोगिने छ र धेरै गलतीहरु हट्ने छन् ।” – माओ त्सेतुङ , चुनिएका रचनाहरु , अंग्रेजी संस्करण , भाग ५ , पृष्ठ १६० ।
कम्युनिस्ट क्रान्तिकारी बन्नका लागि धेरै गहिरो ज्ञान चाहिन्छ । माक्र्सवादका साथै समाजविज्ञानको क्षेत्रमा , राजनीतिक अर्थशास्त्रका क्षेत्रमा , दर्शनका क्षेत्रमा , वैज्ञानिक समाजवादका क्षेत्रमा , इतिहासको क्षेत्रमा , भूगोलको क्षेत्रमा , प्रकृतिको क्षेत्रमा ि गहिरो ज्ञान हुन जरुरी हुन्छ । किनभने कम्युनिस्ट भनेको सबैभन्दा सचेत नागरिक हो । त्यसैले उनले धेरै कुराको बारेमा ज्ञान हासिल हुन जरुरी हुन्छ । उनले विश्वलाई , सारा संसारलाई चिन्नु मात्र होइन , त्यसलाई बदल्ने दायित्व एउटा क्रान्तिकारी कम्युनिस्टको हुने भएकोले उनले संसारका धेरै विषयमा जानकारी लिन जरुरी हुन्छ । त्यस सम्बन्धि विषयमा ज्ञान प्राप्त गरेकै हुनुपर्छ । ती ज्ञान हासिल गर्ने र सिकाउने भने कै मालेमावाद जस्तो अर्को कुनै दर्शन र सिध्दान्त छैन यस वसतुगत जगतमा ।
त्यसैले एउटा अब्बल दर्जाको क्रान्तिकारी कम्युनिस्ट योध्दा बन्नका मालेमावादको आधारभूत सैध्दान्त (विज्ञान) अर्को छैन यस वसतुगत जगतमा ।
मालेमावादको गहन अध्ययन गर्ने र वैज्ञानिक ज्ञान आर्जन गरेर सच्चा क्रान्तिकारी कम्युनिस्ट बन्नु भन्दा पनि टपर्टुँया ज्ञानको आधारमा कम्युनिस्ट क्रान्तिकारी बन्ने र कम्युनिस्ट पार्टीको नेता , बनाउने जुन संस्कारको विकास भएको पाइन्छ , यो संस्कार र पध्दति गलत गैर माक्र्सवादी मानिन्छ । यो ठूलो विकृति र विसंगति हो , जसले देश , जनता , पार्टी र क्रान्तिलाई ठूलो नोक्सानी पुर्याउँछ । एउटा सच्चा क्रान्तिकारी कम्युनिस्टले यसप्रकारको चिन्तन , सोंच , कार्यशैलीलाई तुरुन्तै त्याग्नु उपयुक्त हुन्छ ।
मालेमावादको गहिरो ज्ञान आर्जन कठिन परिश्रमका बीचबाट मात्र प्राप्त गर्न सकिन्छ । हल्काफुल्का तथा टपर्टुँया अध्ययनको कार्यशैलीले , जीवन शैलीले मालेमावादको गहिरो ज्ञान आर्जन गर्न सम्भव हुँदैन । यसविषयमा क्रान्तिकारी कम्युनिस्टहरू सजक, सतर्क रहन जरुरी हुन्छ ।
एउटा क्रान्तिकारी कम्युनिस्ट योध्दा बन्न र आजीवन क्रान्तिकारी भइरहनका निम्ति मालेमावादको गहन अध्ययनलेफ मात्र प्रयाप्त हुदैन , मुख्यतः उनले भीषण वर्गसंघर्ष र वैचारिक संघर्षमा भाग लिन जरुरी हुन्छ । एउटा क्रान्तिकारी कम्युनिस्ट योध्दालाई खार्ने भने कै वर्गसंघर्ष र वैचारिक संघर्षमा होमिएको हुनुपर्छ भन्ने माक्र्सवादी मान्यता छ । एउटा क्रान्तिकारीलाई क्रान्तिकारी बनाई राख्ने मुख्य आधार वर्गसंघर्षमा निर्भीक रुपमा भाग लिनु हो भन्ने कुरालाई कुनै पनि क्रान्तिकारी कम्युनिस्ट कहिल्यै पनि भुल्नु हुँदैन ।
एउटा सार्वभौम सवाल के हो भने कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी विचार त प्रमुख हो । यसका साथै जनता पनि क्रान्तिकारी भइरहन जरुरी हुन्छ भने कम्युनिस्ट पार्टीका नेताहरु क्रान्तिकारी भइरनलाई कार्यकर्ताहरु पनि क्रान्तिकारी हुन जरुरी हुन्छ । नेपालको सन्दर्भमा यी पछिल्ला दुईवटा पक्षहरु नभए कै कारण विभिन्न कालखण्डमा नेतृत्व गरेका कम्युनिस्ट पार्टीका नेताहरु वैचारिक विचलन पर्ने , गंभीर खतर्नाक खालका अवसरवादी बन्ने गरेका र आन्दोलन , देश ,जनता र क्रान्तिकारीलाई धोका दिएका मात्र होइनन् क्रान्ति र जनता प्रति नै गध्दारी गरेका थुप्रै उदाहरणहरु हाम्रो सामु जीवितै छन् ।
अध्ययन भनेको ज्ञान आर्जन गर्नु हो । अध्ययन ज्ञान प्राप्तिको साधन हो । त्यसैले अध्ययन गर्ने दुईवटा तरिका छन् । पहिलो तरिका हो – स्वअध्ययनको तरिका । दोस्रो तरिका हो – पार्टी स्कुलिङको तरिका । अध्ययन गर्ने स्वअध्ययनको तरिका पनि महत्वपूर्ण तरिका हो । तर कम्युनिस्ट क्रान्तिकारीहरुले पार्टीले व्यवस्था गरेको पार्टी स्कुलिङको तरिकाबाट अनुशासित , योजनाबध्द र व्यवस्थित ढंगले अध्ययन गर्ने पध्दतिलाईे नै सबैभन्दा वैज्ञानिक तरिका मानिन्छ ।
यहाँ अध्ययन गर्ने भनेको कोरा ज्ञान आर्जन गर्ने भनिएको होइन , वैज्ञानिक ज्ञान आर्जन गर्ने , मालेमावादका विषयमा गहन अध्ययन गर्ने भनिएको हो ।अर्थात् क्रान्तिकारी विचार , सिध्दान्त र दर्शनका बारेमा अध्ययन गर्ने भनिएको हो । किनभने भनिन्छ “ विचारविनाको मान्छे जराविनाको रुखसरह हुन्छ ” , त्यसैले कमरेड माओले भन्नुभएको हो , सबै चीजको निर्धारण विचारले गर्दछ । कमरेड माओको भनाइबाट पनि यो कुरा स्पष्ट हुन्छ कि हामी क्रान्तिकारी कम्युनिस्टहरूले सही विचार आत्मसात गर्नका लागि , क्रान्तिकारी विचार आत्मसात गर्नका लागि पनि माक्र्सवाद – लेनिनवाद – माओवादको गहन अध्ययन गर्न जरुरी छ ।
बुर्जुवाहरुले , प्रतिक्रियावादीहरले, संशोधनवादी हरुले पनि मालेमावादको अध्ययन गरेका हुन्छन् । उनीहरूले आफ्ना कार्यकर्तहरु प्रशिक्षण दिने गरेका हुन्छ । त्यो उनीहरूको त्यो अध्ययन र प्रशिक्षण देश र जनताको हितका खातिर नभर विरुद्धमा गरेका हुन्छन् भने क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता – कार्यकर्ताहरुले मालेमावादको अध्ययन र स्कुलिङ गर्ने , गराउने भनेको संसारलाई बुझ्ने र त्यसलाई बदल्ने वैज्ञानिक ज्ञान प्राप्त गर्ने रहेको हुन्छ ।
कम्युनिस्ट क्रान्तिकारीहरुले मालेमावादको अध्ययन गर्नेु मात्र प्रमुख कुरा होइन , माथि भनिएको छ कि गैर क्रान्तिकारीले , बुर्जुवाहरुले , प्रतिक्रियावादीहरुले , संशोधनवादीहरुले पनि गरेका हुन्छन् । कम्युनिस्ट क्रान्तिकारीहरुले गरेको मालेमावादको गहिरो गरी अध्ययन गरेर त्यसलाई आत्मसात गर्दै व्यवहारिक रुपमा जीवन व्यवहारमा लागु गर्नु नै प्रमुख कुरा हो ।
एउटा कम्युनिस्ट क्रान्तिकारीले वर्गीय समाजमा चल्ने वर्गसंघर्ष र क्रान्तिकारी कम्युनिस्ट पार्टी भित्र चल्ने वैचारिक (दुईलाईन) संघर्षमा होमिने आँट गर्दैनन् भने उनले गरेको मालेमावादको अध्ययनको कुनै अर्थ छैन ।
नौलो संसार निर्माण गर्ने आँट गरेका मालेमावादी क्रान्तिकारी कम्युनिस्टहरुले मालेमावादको अध्ययन गर्नु अति जरुरी छ । किनभने मालेमावाद भनेको विश्वलाई चिन्ने र बदल्ने सैद्धान्तिक, दार्शनिक हतियार हो ।
(केसी – वरिष्ठ माक्र्सवादी लेखक र नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ) ।

प्रतिक्रिया

सम्बन्धित खवर