परिवारवाद
नातावाद
गुटवाद
पदलोलुप्तवाद
व्यक्तिवाद
अवसरवाद
लम्पसारवाद र फुटवाद
यिनका
अहंकार
घमण्ड
छलछाम र षड्यन्त्रको लेखाजोखामा
राष्ट्रियता राता अश्रुधारा भएर बगिरहेको छ ।
एकापट्टी – वीर रसको अध्याय
अर्कोपट्टी – विभत्सता
एकापट्टी – उद्धार
अर्कोपट्टी – हिंसा , बलात्कार र हत्या
एकापट्टी – सुख र समृद्धको झुटो नारा
अर्कोपट्टी – भ्रष्टाचार , अपराध ,जनघात र राष्ट्रघात ।
विगत उधिन्दा
इतिहास
राता अक्षरले पोतिएको छ ।
हुनत ,
इतिहास ,वर्तमानको दृष्टिचेत हो
इतिहास वर्तमानको गतिशील आँखा र अनुहार हो ।
स्वतन्त्रताको कुरा
अस्तित्वको कुरा
पहिचानको कुरा
सार्वभौमसत्ताको कुरा
सिङ्गो देशको कुरा
यो एतिहासिक सत्य हो ।
आज अर्थात वर्तमान
भ्रष्ट ,
दलाल ,
माफिया,
तस्कर ,
अनि
काला घटना र परिघटनाको अखडा बनेको छ ।
सरासर ,
यो अपराध हो
यो जनघात हो
यो राष्ट्रघात हो र
सिङ्गो माटोको बर्बाद हो ।
यो समय ,
यिनले आयोजना गरेका गतिविधिमा सहभागी हुनु भनेको
रास्ट्र र जनता प्रती गरिने अर्को धोका हो ।
यो महाअपराध हो
तसर्थ ,
उन्नत माटोको जग बसाल्न
वर्तमान
क्रान्ति
शान्ति र राष्ट्रको सम्पुर्ण शक्ति
स्वर्ण युगको निमित्त उठ्नुपछ






























