‘यस पटक भोट होइन चोट दिनुपर्छ’

‘यस पटक भोट होइन चोट दिनुपर्छ’

नवलपरासी २८ चैत्र – नेकपा(क्रान्तिकारी माओवादी) सुनवल नगर समितिले स्थानीय निर्वाचन बहिष्कार गर्न सबैलाई आब्हान गरेको छ ।
सो पार्टीको सोमवार सुनवल–७ अस्नैयामा बसेको सुनवल नगर समितिको बैठकले स्थानीय तहमा संस्थागत भष्ट्रचारको बृद्धि भएको र राष्ट्रघाती एमसीसी पारित गरिएकोले चुनावको र्औचित्य नभएको भन्दै चुनाव बहिस्कार गर्न आब्हान गरिएको हो ।
मौलाउदै गएको भष्ट्रचार, बिकृति बिसंगति, बलात्कार , महंगी एंव संसदवादीहरुले अमेरिकी साम्राज्यवादी हस्तक्षेपलाई बढावा दिदै एमसीसी पास गरेर राष्ट्रघात गरेकाले वर्तमान समयमा चुनावको औचित्य नभएकोले नगर सेक्रेटरी श्यामले जानकारी दिनुभयो ।
उहाँका अनुसार चुनावलाई सशक्त बहिष्कार गर्ने योजना क्रान्तिकारी माओवादीको रहेको छ । उहाँले पटक पटक संसदवादीहरुले गरिब, बिपन्न, सुकुम्बासी, भुमिहिन, आधारभुतवर्गका जनतालाई बिभिन्न प्रलोभन दिएर भोट बैकका रुपमा प्रयोग गरेकोले यसपटक भोट होइन चोट दिनुपर्ने बताउनुभयो।
बैठकमा क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार एंव जिल्ला ईञ्चार्ज संकल्पले राष्ट्रघात, जनघात गर्ने संसदवादीहरुलाई भोट दिन नहुने उल्लेख गर्दै चुनाव बहिस्कारको आन्दोलनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । गाउँ गाउँमा चुनावी किरो पसेर गाउँमा झुक्याउन लागेको भन्दै त्यस्तालाई भोट नभई चोट दिनु्पर्ने उहाँले बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी माओवादीका का.वा. जिल्ला सेक्रेटरी समरले सुकुम्बासी भुमिहीनमा बस्तीमा पसेर र्धुत्याई गर्ने स्यालहरुलाई जनताले लखेटनुपर्ने बताउनुभयो । उहाँले आश्वासनका पोको बोकेर झुटका मसिहाहरु सर्बहारावर्गको भोटलाई मोलमोलाई गरिरहेकोले प्रतिकारमा उत्रिनुपर्ने उहाँको भनाई थियो । नगर सेक्रेटरी श्यामको अध्यक्षता भएको बैठकमा नगर सदस्यहरु धनु र अग्निले आफ्ना धारणा राख्नुभएको थियो ।