क्रान्तिकारी माओवादीका नेतालाई थाहा नै नदिई विप्लवको संगठनमा राखेपछि निकाले यस्तो विज्ञप्ति

क्रान्तिकारी माओवादीका नेतालाई थाहा नै नदिई विप्लवको संगठनमा राखेपछि निकाले यस्तो विज्ञप्ति


उदयपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट सहिद तथा बेपत्ता परिवार समाजका केन्द्रीय सदस्य बलबहादुर मगर (कमरेड विशाल)लाई थाहा नै नदिई नेकपा (विप्लव) निकट सहिद परिवार समाज उदयपुरको उपाध्यक्षमा राखेपछि नेता विशालले एक वक्तव्य जारी गरी आफू नेकपा (क्रान्तिकारी माओवादी) मै रहेको जानकारी गराउनु भएको छ ।

उहाँले यही मिति २०७८/११/२१ गते सहीद सप्ताहाका अन्तिम दिन नेकपा विप्लव निकट सहीद परिवार समाज उदयपुरको उपाध्यक्षमा मलाई राखिएको भन्ने सुनिएको र त्यसप्रति आफ्नो गभ्भिर ध्यानाकर्षण भएको जनाउँदै जारी वक्तव्यमा भन्नुभएको छ, “हाम्रो गौरवशाली पार्टी ने.क.पा.(क्रान्तिकारी) माओवादी निकटको सहीद परिवार समाजको म केन्द्रिय सदस्यमा रहेको जानकारी यसै विज्ञप्ती गराउँदै अन्य संगठनमा नरहेको जानकारी गराउन चाहन्छु ।”