फागुन १३ गते पनि नेकपा (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको आयोजनामा राष्ट्रघाती एमसीसी खारेज आन्दोलनलाई निरन्तरता

फागुन १३ गते पनि नेकपा (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको आयोजनामा राष्ट्रघाती एमसीसी खारेज आन्दोलनलाई निरन्तरता

 

फागुन १३ सिन्धुली ।
फागुन १३ गते नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) सिन्धुली जिल्ला समितिको आयोजनामा राष्ट्रघाती एमसीसी खारेज गर्न संघर्ष गरौं भन्ने कुरा जनताको बीचमा राख्ने उद्येश्यले सिन्धुली जिल्ला को सिन्धुली माडी बजारको लोकतान्त्रिक चौतारीमा एक कोणसभा संपन्न भएको छ ।

। कोणसभामा पार्टी केन्द्रीय समितिको सदस्य एबम् जिल्ला ईन्चार्ज जिवनले राष्ट्रघाती एमसीसी सदनमा पेश गरेको छ, संपूर्ण देशभक्त नेपाली सांसदहरुलाई बिपक्षमा मत हाल्न अनुरोध गर्दै संपूर्ण देशभक्त नेपाली राष्ट्रघाती एमसीसी को राष्ट्रघाती सर्तको बारेमा अवगत गराउनु भयो । कोणसभाको संचालन देशभक्त जनगणतान्त्रिक मोर्चाको जिल्ला समिति सेक्रेटरी बालकृष्ण थापाले गर्नु भएको थियो ।