
गाइघाट,उदयपुर / एमसिसी संझौता खारेजीको माग गर्दै ६ कम्युनिस्ट घटकहरुले उदयपुरको गाइघाटमा आज -याली सहित बिरोध सभा सम्पन्न गरेका छ्न् ।
गाइघाटको पिपल चोकमा गरिएको उक्त संयुक्त बिरोध सभामा नेकपा (क्रान्तिकारी माओवादी)का केस तथा इन्चार्ज मोहन सिं तामाङ ,नेकपा बिप्लबका के.स.बिबेक कुमाल र नेकपा मालेका के.स. राम प्रशाद चौंलागाइले सम्बोधन गरेका थिए ।
उक्त सभामा दलाल संसदीय ब्यबस्था असफल भइसकेको बताउंदै यदि MCC पास भएमा देशमा रगतको खोलो बग्ने चेताबनी दिएका थिए ।
त्यसै गरि सहयोगको नाममा ल्याइएको MCCले नेपाललाई नब उपनिबेश बनाउन लागिएको र नेपाललाई अफगानिस्तान बनाइ चिनलाइ घेर्ने नीति लिएकोले जसरी पनि नेपालबाट खारेजी हुनु पर्ने र यसको लागि जस्तो सुकै बलिदानी दिन पनी तयार हुनु पर्ने बक्ताहरुकाे भनाइ थियाे ।
उक्त कार्यक्रम नेकपा बिप्लबका इन्चार्ज लक्षमण पौडेलले संचालन गरेका थिए ।
बिरोधसभा हुनु अगाडि दलाल संसदीय ब्यबस्था मुर्दाबाद,MCC चाहिदैन,देश बेच्न पाइदैन , MCC गो ब्याक भन्दै विभिन्न नाराजुलुसहित गाइघाट बजार परिक्रमा गरेका थिए ।
यसैबीच, प्रदेश १ मा माेरङ लगायत अन्य जिल्लाहरुमा समेत विराेध प्रदर्शन भएकाे सम्बद्ध स्राेतले जनाएकाे छ ।
