
४ फागुन सिन्धुली
आज फागुन ४ गतेको नेपाल बन्दको आवहानलाई कार्यान्वयन आजको नेपाल बन्दलाई सफल पार्न विहान ८ बजे सिन्धुली जिल्लाको सिन्धुलीमाडी बजारमा एमसीसी खारेजीको नारासहित जुलुस प्रदर्शन गर्दै अघि बढ्दा आन्दोलनकारीहरुमाथि प्रहरी दमन भयो र नेकपा.(क्रान्तिकारी माओवादी), नेकपा(विप्लव) र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका २० जना प्रदर्शनकारीहरुलाई गिरफतार गरी त्यहाँको जिल्ला प्रहरी कार्यलयमा राखेको छ ।
गिरफतार गरिनेहरुमा देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष ढक प्रसाद देवकोटा, नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला समिति सदस्यहरु हरि बस्नेत, बालकृष्ण थापा,जित बहादुर नेपाली, बुद्धि बि क लगायत १० जना र नेकपा, बिप्लवका पूर्ब जिल्ला ईन्चाज शशि,जिल्ला सेक्रेटरी गोपाल ब्लोन लगायत १० गिरफ्तारी गरेको छ ।
बन्द सफल भएको नेकपा.(क्रान्तिकारी माओवादी)का के.स तथा सिन्धुली जिज्ला इन्चार्ज जीवनले जानकारी दिनु भयो ।