४ फागुन तनहु ।
बन्दलाई सफल बनाउनका लागि र बन्दको अवज्ञा विरुद्ध तनहुमा आन्दोलनकारीहरुले एमसीसी खारेजीको नारा लगाउदै बन्द सफल पार्न विहानैदेखि नारा र जुलुससहीत आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुलाई देउवा सरकारले प्रहरी परिचालनगरी दमौलीचोकबाट गिरफतार गर्ने काम गरेको छ ।
गिरफतार गरिनेहरुमा नेकपा.(क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रेटरी नारायण लम्साल र देजमो प्रदेश अध्यक्ष नेत्र रानाभाट सहीत नेकपा(विप्लव)का जिल्ला इन्जार्च पूर्णजित पुन, लम्जुंग गोरखा इन्चार्ज रुपेश वाग्ले, तनहु जिल्ला सेक्रेटरी राजु विक, व्यास नगरपालिका इन्चार्ज ओम विक्रम पन्त, मजदुर नेता मोहनकार्की हुनुहुन्छ । उहाँहरुलाई जिल्ला प्रहरी कार्यालय दमौलीमा राखिएको छ ।
यसैबीच नवलपुरको कावासोतीमा प्रहरीहरुको व्यापक परिचालन गरि वन्दलाई कमजोर बनाउने कोशिसमा प्रशासन लागेको जानकारी नेकपा.(क्रान्तिकारी माओवादी)का पिविएम अनुकुलले दिनु भएको छ ।