४ फागुन बुटोल ।
बन्दलाई सफल बनाउनका लागि र बन्दको अवज्ञा विरुद्ध बुटोलका विभिन्न चोकहरुमा आन्दोलनकारीहरुले एमसीसी खारेजीको नारा लगाउदै बन्द सफल पार्न विहानैदेखि आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुमाथि प्रहरीहरुले दमन गर्ने काम गरेका छन् ।
यसैक्रममा बुटोलको बसपार्कबाट नेकपा.(क्रान्तिकारी माओवादी)का पिविएम प्रेम सुवेदीसहीत ९ जना आन्दोलनकारीहरलाई गिरफतार गरेको छ ।


गिरफतार हुनेहरुमा नेकपा.(क्रान्तिकारी माओवादी)का पिविएम प्रेम सुवेदीसहीत राजु भुजेल र प्रगति राना, नेकपा(विप्लव)का माधव न्यौपाने, सन्तोष सुवेदी, रामबहादुर थारु र नाथु थारु छनर भने वैज्ञनिक समाजवादी क.पा.का शशी विक र तुलबहादुर विक छन् ।
गिरफतार सबैलाई इलाका प्रहरी कार्यालय बुटोलमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर