प्रेम कडेल
चितवन – एमसीसी परियोजना खारेजीको संयुक्त आयोजनामा फागुन ४ गते हुन गएको नेपाल बन्द कार्यक्रमक‍ो पूर्व सन्ध्यामा चितवनको लायन्स च‍ोकबाट पुल्चोकसम्म मसाल जुलुसको आयोजना गरिएक‍ो छ। कार्यक्रममा उक्त पार्टीका सयौं युवाहरूको उपस्थितिमा पुल्चोकमा कोणसभालाई एमसीसी खारेजी अभियानका चितवन सचिव परशुराम पौडेल अजिवले सञ्चालन गर्नुभएको थियोे ।
सबै पार्टीको तर्फबाट नेकपाका भरतपुर महानगर अध्यक्ष दुर्गा सुबेदीले छोटोे मन्तव्य राख्दै भोलिको नेपाल बन्द सफल पार्न सम्पुर्ण चितवनवासी बुद्धिजीवी , उद्योगी , व्यवसायी , शैक्षिक संस्था , कलकारखाना , यातायात व्यवसायी , किसान, मजदुर , पत्रकार सबै सबैमा आग्रह गर्दै गठबन्धन सरकारले एमसीसी परियोजना कुनै पनि हालतमा सदनबाट पास गर्न नसक्ने भनाइ राख्दै देशभक्तहरु भोलि सडकमा एकदिन मादल, थाल ,कचौरा,चम्चासहित विरोध प्रदशनमा सहभागी बन्ने जानकारी दिनुभय‍ो।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी का केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज घननाथ सापकोटा विकास, नेकपाका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज सन्देश पौडेल , एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिका फणीन्द्र आचार्य , त्रिमुल नेपाल पार्टीका केन्द्रीय परिषद सदस्य नवीन गैरे लगायत नेताहरूको बाक्लो उपस्थिति थियोे। कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोजे पनि मसाल जुलुससहित आमसभा शानदार रुपमा सफल भएको नेकपा चितवनका नेता ध्रुव खड्काले बताउनुभयो।

 

प्रतिक्रिया

सम्बन्धित खवर