माघ ९ गते काठमान्डौ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।
एमाले उपमहासचिव प्रदीप कुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको रातोपाटीलाई बताए । ‘कोरोना पुष्टि भएको खबर छ, म बाटोमा छु । विस्तृत पछि पार्टीले जानकारी गराउँछ’, उनले भने ।
ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो । ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ ।

हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । ‘उहाँमा अस्ति कोरोना देखियो, स्वास्थ्यमा पनि समस्या देखिएपछि मेडिसिटीमा भर्ना गरिएको छ’, सचिवालय स्रोतले भन्यो, ‘आईसीयूमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।’
केही साताअघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो । प्रचण्ड हाल कोरोनामुक्त भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार