गङ्गालालको स्मृतिमा
नभ मण्डलमा दुईटा पङ्खी भै उड्थे हावामाथि चढी
एउटा बिचमै वल्र्यो किन हो, पार पुग्यो अर्को चाहिँ ।
बीचमा रूक्ने पङ्खी मै हुँ, गङ्गा जाने पार तरी,
उज्ज्वल यशको दरबार जहाँ, जगमग जगमग ज्योति बली ।
पार उतातिर हेलिन नसकी यसरी म अडेँ यस ठाउँ,
नडराई पार गएकोले अमर छ गङ्गाको नाउँ ।
गङ्गा नमरी बाँचे कोको भन मैले के मोल तिरूँ,
तिम्रो तातो रगत वर्गको यो ठाउँ कसरी सजाऊँ ।
तिम्रो रातो शोणितद्वारा आजादीको तरू हुक्र्यो,
तिम्रो बलियो प्रतिरोध बढी अन्यायीको दाँत झ¥यो ।
गङ्गा ! तिम्रो कर्तव्य फुटी नेपालीको मार्ग खुल्यो,
जडता फाली चेतन बाल्ने मौकाको आवाद भयो ।
अभय मृत्यु नै पुग्नु हो पुग्नु, तिमी पुग्यौ म गइरहेछु,
नसुती बिम्झ्नु अभय मृत्यु हो, तिमी बिम्झयौ म सुतिरहेछु ।
कविता रानीलाई
धेरै दिन भो कविता रानी !
पाइनँ तिम्रो दर्शन ।
अपराध गरेँ कुन के मैले,
कसरी कुन दिन, कुन क्षण ?
गाह्रो जीवन कण्टकमय पथ
डगमग पाउ उचाली ।
फिस्लेकोमा वञ्चित हुन गो,
मनको त्यो हरियाली ।
उहिले बरू जब बिग्रेँ भन्थेँ,
दर्शन तिम्रो हुन्थ्यो ।
रोगी भन्थे, बहुला भन्थे,
तिमीसित सम्बन्ध थियो ।
अनजानमै प्रीत लगाई,
आज मलाई छाड््यौ ।
भार गहुँगो बोक्न म हिँड्दा,
छोडी मलाई भाग्यौ ।
कालो युग यो पोल खुलेको,
यस्तो मुक्त समयमा ।
तिमीझैँ सँगिनी सँगमा नहुँदा,
खट्कन्छ है आज मलाई ।
मेरो कविता पढिरहनेलाई
जागरणदेखि डराई, सङ्घर्ष नगरी
तिमी उठ्न आनाकानी गर्छौ भने
जस्तै बिहान पनि रातमै बित्नेछ ।
पूर्वतिर राता सूर्यले चियाइसके
कुटो, कोदाली लिएर किसानहरू खेत गइसके ।
आङको शीत झारझुर पारेर
चराहरू यताउता छरिसके
तिमीमात्र अझ भय र त्रास लिई
त्यही पुरानो थाङनामा गुटुमुटिरहेछौं ।
नौलो बिहानको मुटु नै तिमी हौ,
निस्क र बिहानलाई सजीव तुल्याऊ
सबै तयार भइसकेका छन्
तिम्रो नै निस्कनुमात्र बाँकी छ ।
पुर्खाहरूले कति डाक्दा पनि
अझ विश्वमा आउन नसकेको
त्यो नौलो बिहान तिम्रो मुटुको ढुकढुकीसँगै
आइसकेको छ, आइसकेको छ ।
नौलो बिहान
जागरणदेखि डराई, सङ्घर्ष नगरी
तिमी उठ्न आनाकानी गर्छौ भने
जस्तै बिहान पनि रातमै बित्नेछ ।
पूर्वतिर राता सूर्यले चियाइसके
कुटो, कोदाली लिएर किसानहरू खेत गइसके ।
आङको शीत झारझुर पारेर
चराहरू यताउता छरिसके
तिमीमात्र अझ भय र त्रास लिई
त्यही पुरानो थाङनामा गुटुमुटिरहेछौं ।
नौलो बिहानको मुटु नै तिमी हौ,
निस्क र बिहानलाई सजीव तुल्याऊ
सबै तयार भइसकेका छन्
तिम्रो नै निस्कनुमात्र बाँकी छ ।
पुर्खाहरूले कति डाक्दा पनि
अझ विश्वमा आउन नसकेको
त्यो नौलो बिहान तिम्रो मुटुको ढुकढुकीसँगै
आइसकेको छ, आइसकेको छ ।
बरु बिलाई जान्छु
बरु बिलाई जान्छु साथी ! पाउ हाल्दिनँ अब नसम्झी
विकृत विश्व नयाँ बनाउन
आज घायल दीन मानव,
छर्कदै विद्रोहको स्वर
झर्न खोज्दछ विगतको भ्रम ।
आजतक जे भो जगत्मा
भूल भो इतिहास भन्छ,
भूल त्यो नै दोहो¥याउन
हृदय यो इन्कार गर्छ ।
त्यै हिजोको मार्ग पक्री
बग्न दिनँ म शब्दनिर्भर
संकुचित घेरा ननाघी
चल्न दिनँ म कदम पलभर ।
बरु बिलाई जान्छु साथी ! पाउ हाल्दिनँ अब नसम्झी ।
हिँड्नलाई, बोल्नलाई
मार्ग युगको यो खुला छ
चेतनालाई उघार्ने
सत्यको सुन्दर कला छ ।
आज पनि बोकी विवशता
बस्नु के अब दिन्छ शोभा !
त्यै पुरानो जीर्ण कन्था
बोकिहिँड्नु लाज हैन ?
त्यै पुरानो लीकमाथि
हिँड्नु के अपमान हैन ?
शान्तिको ढोका थुनेर
शान्ति डाक्नु ढोंग हैन ?