माघ ७ गते चितवन ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि अविलम्ब फिर्ता लिने मागका साथ संयुक्त संघर्षसमिति चितवन(२२दलीय मोर्चा)व्दारा माघ ७ गते विरोध प्रर्दशन र कोणसभा सम्पन्न गरेको छ ।


चितवनको मालपोत चोकबाट जुलुस र नाराबाजी सहीत विरोध प्रर्दशन गदै चौविस कोठी चोकमा कोणसभामा परिणत गरिएको थियो ।
जुलुसपछि आयोजित कोणसभालाई २२दलीय मोचाका तर्फबाट नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘विकास’व्दारा सम्बोधन गरिएको थियो ।


कोणसभालाई सम्बोधन गर्दै नेकपा(क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘विकास’व्दारा वर्तमान ५ दलीय गठबन्धनको सरकारले कालो बजारीयाहरु, तष्करहरुआदिसंग मिलेर जनताका जनजीवीकाका सवालमाथि महंगीको भारी बोकाएको छ भने राष्ट्रियताको समस्या झनझन विकराल बन्दै गएको छ । अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादलाई कसरी ख«शी बनाृउने ध्यानमा यो सरकार लागेको छ । त्यसैले यो सरकार जनघाती तथा राष्ट्रघाती दुवै अंगालेको सरकार हो, जसलाई फ्याकेर देशमा नयाँ जनवादी सरकारको स्थापना अनिवार्य बन्दै गएको छ भन्नु भयो ।
उक्त जुलुस र विरोध प्रर्दशनमा २२दलीय मोचाका नेता तथा कार्यकर्ताहरुको सक्रिय सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर