प्रदेश १ मा क्रान्तिकारी किसानहरु संगठित, अनेकि महासंघ (क्रान्तिकारी)काे प्रदेश संयाेजकमा लाेमनाथ भण्डारी

प्रदेश १ मा क्रान्तिकारी किसानहरु संगठित, अनेकि महासंघ (क्रान्तिकारी)काे प्रदेश संयाेजकमा लाेमनाथ भण्डारी

गाईघाट, उदयपुर । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)काे १नम्बर प्रदेशको प्रथम भेला उदयपुरको लालपत्तामा सम्पन्न भएको छ ।
बिमलको अध्यक्षतामा भएको उक्त भेलाको प्रमुख अतिथी संगठनका केन्द्रिय अध्यक्ष सिताराम तामाङ हुनुहुन्थ्यो भने बिशेष अतिथिमा महासचिव धनेसश्वर पोख्रेल हुनुहुन्थ्यो ।
उक्त भेलाले लोमनाथ भण्डारीकाे संयाेजकत्वमा ११सदस्यीय प्रदेश समितिको चयन गरेको छ । जसकाे सदस्यहरुमा क्रमशः कृष्ण ढकाल-मोरङ, खोज बहादुर -धनकुटा, हरि प्रसाद दहाल-झापा, राजु दहाल-मोरङ, टीका ब.तामाङ-उदयपुर ,लब ब.बिक-उदयपुर र बिबि राई -इलाम रहेका छ्न् । बाँकी तीन सदस्य पछिको निर्णयबाट थपिने जनाइएकाे छ ।
उक्त भेलामा प्रदेशका पार्टी सेक्रेटरी सिताराम बुढाथोकीको पनि बिशेष उपस्थिति रहेको थियो ।
बिहीबार भएकाे क्रान्तिकारी किसानहरुकाे भेलाले आगामी माघ २० गते देखि प्रदेशका सबै जिल्लामा संगठन निर्माण अभियानमा जुट्ने निर्णय गरेको महासचिव धनेस्वर पोखरेलले जानकारी दिनुभयाे ।