दीपक सोती

हामीले हिड्ने बाटोमा वीर सहिदको छ रक्त
भन त मेरा नेपालीको छ अर्को देश भक्त

हार्दिक शुभकामना !

अन्यायका बिरुद्घ सपुतहरु गर्जिए
मेचिकालीको मायामा वीरले ज्यान अर्पिए
वाटामा रंग टेक्दा त उनको रगत बसाउछ
सहिद सम्मान गर्दा त आँसुको मूल रसाउछ

क्रान्तीको दियो वालेर afघको राज हटाए
हामीले विश्वास गरियो स्वतन्त्र राष्ट्र बनाए
ईच्छाएको नेपाल अझै बन्न सकेन
सहिदको आँकfक्षा अझै पूर्ण भएन

बिकास गर्न बाँकी छ अधुरा छन् अझै
निर्माणले अर्थतन्त्र भन्ने गर्छन् मेरै
भ्रष्टाचार घुस खोरी पहाड जस्तै चुलियो
अन्याय उस्तै चुलिदाँ भन्दछन् कति मरियो

अझै उस्तै चाकडी चुक्ली पनि उस्तै छ
विधिको शासन चलेन हत्याहिंसा उस्तै छ
सुसासन चाहेर लडेका प्यारा सहिद
संम्बृद्घ नेपाल चाहना गरेका पनि सहिद

नेपाली राष्ट्र ब्यूझाउ भन्दछन् सधैं सहिद
मुटुमा सधैं बाँचेर अमर हुनछन् सहिद

 

कावासोती न.पा– पिठौली नवलपुर गण्डकी प्रदेश

प्रतिक्रिया

सम्बन्धित खवर