उदयपुरको लालपत्तामा क्रान्तिकारी माओवादीको प्रदेश स्तरीय स्कुलिङ सुरु (फोटोफिचर)

उदयपुरको लालपत्तामा क्रान्तिकारी माओवादीको प्रदेश स्तरीय स्कुलिङ सुरु (फोटोफिचर)

उदयपुर, लालपत्ता । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को १ नम्बर प्रदेश स्तरीय स्कुलिङ कार्यक्रम मंगलबारदेखि उदयपुरको लालपत्तामा सुरु भएको छ ।


पार्टी कार्यकर्तालाई सैद्धान्तिक राजनीतिक रुपमा सुदृढ तुल्याउने उद्देश्यले शुरु गरिएको स्कुलिङ कार्यक्रमको उद्घाटन स्कुलिङ विभागका अध्यक्ष परि थापाले गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थापाले उदघाटन गर्नु भएको कार्यक्रमको अध्यक्षता प्रदेश सेक्रेटरी सिताराम बुढाथोकी “उदय“ गर्नुभएको थियो ।


पार्टी केस तथा उदयपुर इन्चार्ज मोहनसिंह तामाङको सञ्चालन र जिल्ला सेक्रेटरी शंकर पौडेलको स्वागत मन्तव्यसहित सुरु भएको स्कुलिङ कार्यक्रममा स्कूलिङ विभागका सचिव हस्तबहादुर केसी, पार्टी पीवीएमहरु सिताराम तामाङ, कमल चौधरी, धनेश्वर पोखरेललगायत केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।


तीनदिनसम्म संचालन हुने स्कुलिङ कार्यक्रममा माक्र्सवादी दर्शन, ऐतिहासिक भौतिकवाद, द्वन्द्ववादी दृष्टिकोण, भौतिकवादी दृष्टिकोण, राजनीतिक अर्थशास्त्र, वर्गसंघर्ष, वैज्ञानिक समाजवाद, जनजाती लगायत विविध विषयमा क्रमशः परि थापा, हस्तबहादुर केसी, सिताराम तामाङ र कमल चौधरीले प्रशिक्षकको रुपमा प्रशिक्षण दिन सुरु गर्नुभएको छ ।


कार्यक्रममा प्रदेश १ का ८० भन्दा बढी प्रदेश सदस्यहरुको सहभागिता रहेको प्रदेश सेक्रेटरी सिताराम बुढाथोकी ‘उदय’ले जानकारी दिनुभयो ।