नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनसँगै ‘नयाँ विचार’ र ‘क्रान्तिकारी पार्टी निर्माण’को भ्रम साफ भएको छ । ४५ पृष्ठ लामो दस्तावेजमा प्रचण्डले शब्द र शब्दावलीको भ्रमजाल मात्रै बुनेको स्पष्ट भएको छ । माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेकै शब्दमा भन्ने हो भने प्रचण्डको दस्तावेज दक्षिणपन्थी संशोधनवादी रहेको छ । नेकपा ९क्रान्तिकारी माओवादी०का महासचिवले त प्रचण्डको दस्तावेज र प्रचण्डले वकालत गरेको समाजवादलाई प्रतिक्रियावादी समाजवादको संज्ञा दिनुभएको छ । उहाँले प्रचण्डको दस्तावेजलाई सारसंग्रहवादी, दक्षिणपन्थी अवसरवादी, खाँटी संशोधनवादी भएको टिप्पणी समेत गर्नुभएको छ ।
सारतः र अन्ततः संशोधनवादी तथा अवसरवादी भनेको प्रतिक्रियावादी नै हो । एउटा सच्चा कम्युनिस्ट पार्टी भनेको सर्वहारावर्गको अग्रदस्ता हुन्छ । उसले सर्वहरावर्गको राज्यसत्ता ९जनवाद÷समाजवाद०को स्थापनाका निम्ति संघर्ष गर्छ । वर्गसंघर्ष, बलप्रयोग, निरन्तर क्रान्ति अनि सर्वहारा वर्गको अधिनायकत्व कम्युनिस्ट पार्टीका आधारभूत सिद्धान्त र मान्यता हुन् । वर्ग रहेसम्म वर्गसंघर्ष अपरिहार्य हुन्छ । साम्यवादी व्यवस्था मात्रै वर्गसंघर्षको अस्तित्व हुँदैन । किनकि त्यो समाज वर्गविहिन समाज हुन्छ ।
नेपाल अर्ध सामन्ती, अर्ध तथा नवऔपनिवेशिक अवस्थामा रहेको मुलुक हो । यहाँको उत्पादन सम्बन्ध, अर्थसम्बन्ध, सामाजिक–साँस्कृतिक सम्बन्ध तथा वैदेशिक सम्बन्धले यही अवस्थालाई पुष्टि गर्दछ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुको स्थितिले पनि नेपालको यही अवस्थालाई प्रष्ट पार्दछ । माओवादी केन्द्रले भने यो स्थितिलाई अस्वीकार गरेको छ । दशवर्षको जनयुद्धले सामन्तवाद र साम्राज्यवादबाट नेपाललाई मुक्त पारेर नयाँ जनवादी व्यवस्थाको स्थापना गर्ने लक्ष्य राखेको थियो । जनयुद्धबाट सामन्तवादको राजनीतिक प्रतिनिधि ढले पनि सामन्तवादी धर्म संस्कृति, उत्पादन सम्बन्ध, अर्थसम्बन्ध तथा राज्य संरचना पुरानै कायम छ । साम्राज्यवादका विरुद्ध लड्ने कार्यभार त सिंगै बाँकी छ । जनयुद्ध सुरु गर्दा गरेको प्रतिबद्धताबाट भागेर प्रचण्ड र माओवादी केन्द्रले दक्षिणपन्थी संशोधनवादी तथा अवसरवादी बाटो समातेको अहिलेबाट होइन हेटौडा महाधिवेशनबाट नै हो ।
माओवादी केन्द्रले अहिलेकै संसदीय व्यवस्था, सत्ता र संविधानको संरक्षण गर्ने र यही व्यवस्थामा टेकेर शान्तिपूर्ण रुपमा समाजवादको स्थापना गर्ने राजनीतिक लाइन आठौं सम्मेलनबाट पारित गरेको छ । यो लाइन भनेको खाँटी संशोधनवादी लाइन हो । संशोधनवादी लाइन भनेको प्रतिक्रियावादी लाइन भएकोले यस महाधिवेशनबाट माओवादी केन्द्र ९माके०को संस्थागत रुपमा प्रतिक्रियावादीकरण भएको छ । जे भन्दा कार्यकर्तालाई थामथुम पार्न सकिन्छ र जनतामा भ्रम दिन सकिन्छ त्यही शब्द र शब्दावली प्रचण्डले आफ्नो दस्तावेजमा प्रयोग गरेका छन् ।
माक्र्सवाद–लेनिनवाद–माओवादको सैद्धान्तिक जामा पहि¥याए पनि प्रचण्डको दस्तावेजले ती सैद्धान्तिक मान्यता विपरीतको बाटो समातेको छ । माओवादी केन्द्रले भनेको समाजवाद र हिड्न खोजेको बाटो एमाले र कांग्रेसको भन्दा फरक छैन । कांग्रेस, एमालेदेखि राप्रपासम्मको समाजवादभन्दा प्रचण्डले भनेको समाजवादको अन्तर्वस्तुमा खासै फरक छैन । बुर्जुवा, अभिजातवर्गीय तथा सम्भ्रान्तवर्गको स्वार्थ रक्षा गर्ने र विस्तारवाद तथा साम्राज्यवादको सेवा गर्ने समाजवादको नेपालमा कुनै औचित्य छैन । नेपालमा श्रमजीवी शोषित उत्पीडित वर्ग र समुदायको मुक्ति र स्वतन्त्रतालाई मुखरित गर्ने सर्वहरावर्गको राज्यसत्ता ९जनवाद÷वैज्ञानिक समाजवाद०को खाँचो छ । जुन संसदीय व्यवस्थामा गरिने चुनावबाट होइन, भीषण वर्गसंघर्षको बीचबाट स्थापित हुन्छ । माकेको प्रतिक्रियावादीकरणले अबको वर्गसंघर्ष माकेलगायत सबै प्रतिक्रियावादीका विरुद्ध परिलक्षित हुने निश्चित छ । अब आमूल परिवर्तनका मुद्दाहरुको नेतृत्व माकेले गर्न सक्दैन, कम्युनिस्ट क्रान्तिकारीहरुले मात्र गर्ने छन् । त्यसअर्थमा आजको सापेक्षतामा छरिएर रहेका क्रान्तिकारी माओवादीहरुले गर्नेछन् । यो यथार्थबोधको गहिरोगरी मनन गर्लान् माओवादी केन्द्रभित्र रहेका क्रान्तिकरीहरुले रु