यही २०१९ डिसेम्बर २६ का दिन विश्व सर्वहारावर्ग तथा उत्पीडित जनसमुदायले विश्वसर्वहारावर्गका महान् नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष एवं माओवादका क. माओत्सेतुङको १२९औं जन्मजयन्ती बडो धुमधामका साथ मनाए र माओवादीको रक्षा, प्रयोग र विकास गर्ने कुरामा दृढ प्रतिबद्धता जाहेर गरे ।
क. माओको यस १२९औं जन्मजयन्तीको अवसरमा क. माओले माक्र्सवादका तीन संघटक अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा पु¥याएका योगदानका बारेमा यस लेखमा संक्षिप्त र सूत्रबद्ध रुपमा उल्लेख गर्ने प्रयत्न गरिएको छ ।
माओवादको प्रतिपादनका ऐतिहासिक आधारहरु
लेनिनको नेतृत्वमा रुसमा समाजवादी क्रान्ति सम्पन्न भयो र त्यसद्वारा समाजवादी क्रान्तिको आम कार्यदिशा तथा नीति स्थापित हुन पुग्यो । तर एसिया, अफ्रिका तथा दक्षिण अमेरिकाका अविकसित मुलुकहरुमा क्रान्तिलाई कसरी अगाडि बढाउने भन्ने समस्या पैदा र यस समस्याको समाधानः गर्ने ऐतिहासिक आवश्कता अनुसार माओले वैचारिक तथा सैद्धान्तिक मान्यता विकसित गर्नु भयो ।
रुसमा समाजवादी निर्माणका कामलाई कसरी अगाडि बढाउने भन्ने बारेमा गंभीर समस्या पैदा भए र यसै प्रक्रियामा त्यहाँ पुँजीवादको पुनः स्थापना कसरी रोक्ने भन्ने समस्या पैदा भए । रुसमै आधुनिक संशोधनवाद पैदा भयो र त्यसबाट अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा गंभीर प्रभाव प¥यो । त्यस स्थितिमा माओले रुसमा पूँजीवाद विरोधी संघर्ष लगायतका विषयमा आधारित समस्यालाई गंभीरतापूर्वक आत्मसात् गरी तिनको सैद्धान्तिक समाधान प्रस्तुत गरी अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा सही दिशा तथा नेतृत्व प्रदान गर्ने काममा महत्वपूर्ण योगदान पु¥याउनु भयो ।
यसगरी चीनमा समाजवादी निर्माण कालमा पैदा भएका गंभीर समस्यामाथि ध्यानदिंदै पूजीँवादको पुनः स्थापना रोक्न र विश्वदृष्टिकोणकै समस्याको समाधान गर्नका लागि सैद्धान्तिक आधार निर्माण गरी क्रान्ति तथा आन्दोलनको नेतृत्व गर्ने कार्यमा महत्वपूर्ण योगदान गर्नु भयो ।
उक्त सन्दर्भमा माक्र्सवाद– लेनिनवादलाई थप विकास गर्न आवश्यकता पैदा भयो र त्यसै पृष्ठभूमिमा क. माओद्वारा माओवादका प्रतिपादन भयो ।

सैद्धान्तिक क्षेत्रमा माओका योगदान
दर्शनको क्षेत्र
दर्शनको फाँटमा माओले द्वन्द्ववादको आधारभूत नियमका रुपमा विपरीतहरुको नियमलाई स्थापित तथा विकसित गर्नुभयो । यसै क्रममा वहाँले द्वन्द्ववादलाई अन्तविरोधको नियमका रूपमा नयाँ उँचाइ प्रदान गर्नुभयो ।
दर्शनमा माक्र्सवादको पक्षपोषण र संशोधनवादको विरोधको क्रममा दुईको एकसमायोजनका विरुद्ध ‘एकको दुईमा विभाजन’ का रुपमा विपरीतहरुको एकत्वको नियमलाई अझै परिमार्जित तथा समृद्ध तुल्याउनु भयो ।
ज्ञानसिद्धान्तका क्षेत्रमा क. माओले व्यवहारलाई आधार बनाई वर्गसंघर्ष, उत्पादनको निमित संघर्ष र वैज्ञानिक प्रयोगलाई ज्ञानको स्रोतका रुपमा विकसित गर्नु भयो र ज्ञानको कसौटीका रुपमा व्यवहारलाई स्थापित गर्नु भयो । त्यति मात्र होइन, क. माओले पदार्थबाट चेतना र चेतनाबाट पदार्थमा जाने ज्ञानको दुई छलाङ्गको सिद्धान्तलाई विकसित तुल्याउनु भयो ।
क. माओले ऐतिहासिक भौतिकवादको क्षेत्रमा उत्पादन शक्ति र उत्पादसम्बन्ध, आधार र उपरिसंरचना तथा व्यवहार र सिद्धान्तका बिचको द्वन्द्वात्मक सम्बन्धलाई विकसित तुल्याउनु भयो । उहाँले उत्पादन शक्ति, आधार तथा व्यवहारले समग्रमा निर्णायक भूमिका निर्वाह गरे पनि कुनै खास परस्थितिमा उत्पादन सम्बन्ध, उपरिसंरचना तथा सिद्धान्तको पनि मुख्य भूमिका हुने कुरा बताउनु भयो
राजनीतिक अर्थशास्त्रको क्षेत्र
राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माओले सर्वप्रथम वर्गविश्लेषणमा जोड दिनुभयो र अर्धसामन्ती, अर्धऔपनिवेशिक वा औपनिवेशिक अवस्थामा रहेका मुलुकहरुमा नोकरशाही तथा दलाल पुँजीपति र जमिनदारवर्ग दुश्मन वर्ग र राष्ट्रिय पुँजीपतिलाई मित्रवर्गका रुपमा लिँदै मजदुर वर्गको नेतृत्वदायी र किसान वर्गको महत्वपूर्ण भूमिका हुने कुरा बताउनु भयो ।
क. माओले उक्त अवस्थामा रहेका मुलुकहरुमा सामन्तवाद र सामू्राज्यवादको गठबन्धनको बिचबाट नोकरशाही पूँजीवाद जन्मिएको मान्यता प्रतिपादन गर्नुभयो ।
क. माओले दोस्रो विश्वयुद्ध पश्चात् नवउपनिवेशवाद विकसित भएको कुरा संश्लेषित गर्नु भयो ।
क. माओले समाजवादी निर्माण कालमा सोभियत अर्थतंत्रको समीक्षा गर्नुभयो । साथै चिनियाँ समाजवादी क्रान्तिकालमा दश प्रमुख सम्बन्धहरुको व्याख्या गरी कृषिलाई आधारभूत र उद्योगलाई नेतृत्वकारी भूमिका प्रदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । साथै, वहाँले क्रान्तिलाई पकड र उत्पादनलाई बढाऊ, लाल र निपुण बन, योजनाबद्ध रुपमा अर्थतंत्रको विकास गर जस्ता मान्यता विकसित गर्नु भै राजनीतिक अर्थशास्त्रका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भयो । ।
वैज्ञानिक समाजवादको क्षेत्र
अर्धसामन्ती, अर्धऔपनिवेशिक वा औपनिवेशिक मुलुकहरुका लागि क. माओले नयाँ जनवादको मान्यता प्रतिपादन गर्नु भयो ।
उक्त मुलुकहरुका सन्दर्भमा माओले दीर्घकालीन जनयुद्धको सिद्धान्त विकसित गर्नुभयो ।
साथै क. माओले समाजवादी क्रान्तिका लागि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्र क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभयो ।
माआलेले क्रान्तिका लागि तीन जादुगी हतियारको मान्यता प्रतिपादन गर्नु भै राज्यसत्ता बन्दुकको नालबाट जन्मछ भन्ने संश्लेषण गर्नुभयो ।
माओले जनदिशाको मान्यता विकासित गर्नु भयो ।
अन्ततः माओले साम्राज्यवाद र संशोधनवादका विरुद्धको संघर्षको प्रक्रियामा दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद जस्ता माक्र्सवाद र लेनिनवादका तीन संघटक अंगलाई माक्र्सवाद– लेनिनवाद – माओवादको समग्रतामा गुणात्मक रुपमा विकसित गर्नु भयो ।
माओवादका सार्वभौम पक्षहरू
माओका सैद्धान्तिक योगदान कुनै देशविशेषका मात्र नभई विश्वकै क्रान्ति र कम्युनिष्ट निम्ति सार्वभौम बन्न गएका छन् । अब विश्वसर्वहारा वर्गको पथप्रदर्शक सिद्धान्त र समग्रमा माक्र्सवाद– लेनिनवाद– माओवादका रुपमा एक अखण्ड एकाइ बन्न गएको छ र त्यो विकासको तेस्रो, नयाँ र उच्च चरणमा विकसित हुन पुगेको छ । यसरी माक्र्सवाद – लेनिनवाद– माओवाद विश्वसर्वहारा वर्ग र उत्पीडित जनसमुदायको क्रान्तिको एक समग्र विज्ञान बन्न गएको तथ्य वैज्ञानिक रुपमा पुष्टि हुन पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर