काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) ले आज माइतीघर मण्डलामा विमला वोगटीको न्यायको निम्ति विरोध प्रदर्शन गरेको छ।
सो कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले विमला वोगटीको मृत्यु नभइ हत्या नै भएको बताएका छन्।
उनले भने, “हामी सरकारसँग अनुरोध गर्दछौं दोषीलाइ हदैसम्मको कारबाही होस् होइन भने अखिल (क्रान्तिकारी)ले कारबाही गर्छ एक जना विमलाको कुरा मात्र होइन यस्ता हजारौं विमलाहरूले ज्यान गुमाउनु पर्ने अवस्था आउन सक्छ ।”
विद्यार्थीहरूको हक–अधिकारको सुनिश्चितता तथा उनीहरुले स्वतन्त्रपूर्वक अध्ययन गर्न पाउने वातावरण तयार गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग माग समेत गरे ।
विमलाले न्याय नपाए अझै संघर्ष चर्काउने र दोषीलाइ कारबाही नभएसम्म विद्यार्थीले स्वस्फुर्त पढ्न पाउने वातावरण निर्माण नगरेसम्म आन्दोलन जारी राख्ने अध्यक्ष गजुरेलले चेतावनी दिए।
उनले घटनाको सत्यतथ्य छानविन गरी घटनाका दोषीहरुलाई पक्राउ गरी हदैसम्मकाे कारवाही गर्न माग समेत गरे।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालय प्रशासनले रेस्टिकेटसम्म गर्ने धम्की दिँदै विद्यालयमा अध्ययनको निम्ति प्रवेश नदिइएकोले उक्त धम्की र व्यवहारबाट प्रताडित भएकी बिमलाको स्वाभाविक मृत्यु नभइ हत्य नै भएकाे अध्यक्ष गजुरेलले जिकिर गरे।
त्यस्तै पार्टीका केन्द्रिय सदस्य वसन्त वोगटीले अहिले यो आन्दोलन सानोदेखिए पनि यो ठूलो लडाइको निम्ति यो आन्दोलन संगठित हुँदै गएको बताए । अहिलेको दलाल प्रतिक्रियावादी राज्य सता र व्यवस्थाले गर्दा अहिले यस्ता किसिमका घटना घट्ने गरेको समेत उनले अाराेप लगाए।
विराध कार्यक्रमको संञ्चालन अखिल क्रान्तिकारीका महासचिव पेसल दाहालले गरेका थिए ।