क्रान्तिकारी पत्रकार महासंघ दाङ अध्यक्षमा ईश्वरीप्रसाद गैरे

क्रान्तिकारी पत्रकार महासंघ दाङ अध्यक्षमा ईश्वरीप्रसाद गैरे

दाङ । क्रान्तिकारी पत्रकार महासंघ दाङको तुल्सीपुरमा सम्पन्न भएको प्रथम जिल्ला भेलाले ईश्वरी प्रसाद गैरेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

भेलबाट उपाध्यक्ष तेज बहादुर बुढाथोकी; सचिव रिता केसी, सहसचिव संगीता मगर र कोषाध्यक्षमा ममता बिक निर्वाचित हुनुभएको छ । समिति सदस्यमा डिला चौधरी; प्रकाश पुन; सरोज न्यौपाने र राम प्रसाद न्यौपाने निर्वाचित हुनु भएको छ ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय महासचिव रवि पान्डेयले पत्रकारहरु प्रचारकर्ता संगठनकर्ता र आन्दोलनकर्ता रहेको बताउहुँदै जनपक्षीय पत्रकारको अब्बल संगठन क्रान्तिकारी महासङ्घ रहेको दाबी गर्नुभयो र श्रमजीबीहरुको सच्चा पहरेदारको रुपमा अगाडि बढिरहेको बताउनु भयो ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज निरज के सी समीरले जिल्लामा ब्याप्त बिकृती बिसङगती विरुद्ध कलम चलाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा क्रान्तिकारी युवा लिगका महासचिव दिल बहादुर कठायत; अखिल क्रान्तिकारीका प्रदेश सदस्य मनोज थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

भेला महासङ्घ प्रदेश सदस्य शुसिला आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।