एमसीसी खारेजका लागि २६ राजनीतिक दल तथा संगठनहरुव्दारा २०७८ मंसीर२४ गते राजधानीको माइतीघर मण्डलादेखि संसदभवन अगाडि नयाँ बानेश्वर चोकसम्म नारा र व्यानरसहित विरोध जुलुस सम्पन्न गरियो ।
उक्त विरोध जुलुस पश्चात जुलुसलाई विभिन्न राजनीतिक दल तथा संगठनहरुका प्रतिनिधिहरुले सम्वोधन गरेका थिए । उक्त विरोध सभालाई सम्वोधन गर्दै नेकपा(क्रान्तिकारी माओवादी) स्थाई समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले एमसीसीको बहस संसदमा चलाउनै मिल्दैन र यो सम्झौतालाई संसदमा टेबुल गर्नै पाइदैन भन्नु भयो ।
संसदवादीहरुले अति उत्तम भनेको उनीहरुले नै मानी आएको संविधानमा देशको सार्वभौमिकताको विषय अपरिवर्तनीय विषय हो र यसवारे संसदमा बहस सम्म पनि हुन सक्दैन भनिएको छ । एमसीसी सम्झौता देशको राष्ट्रिय स्वाधिनता र सार्वमिकतासँग जोडिएको विषय भएकाले यसवारे संसदमा बहसका लागि टेबुल गर्नै पाइदैन भनेर भन्नु भयो ।
उहाँले शेरबहादुर देउवा यसवारे छलकपट गर्दैछन् र संसदमा टेबुल गरेर ओलीको साथ लिएर पास गर्न चाहन्छन् । त्यसैले यो षडयन्त्रलाई चिर्न एमसीसी सम्झौतालाई संसदमा टुबुल गर्नै दिनु हुदैन भन्नु भयो ।
विरोधसभालाई साध्यबहादुर भण्डारी, गुणराज लोहनी लगायतका नेताहरुले सम्वोधन गर्नु भएको थियो । सभाको सञ्चालन नेकपा(क्रान्तिकारी माओवादी) का पोलिट व्युरो सदस्य दिनेश शर्माले गर्नु भएको थियो ।