दाङ तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी ) दाङ जिल्ला समितिको आयोजनामा दाङको तुलसीपुरमा एमसीसी सम्झौता खारेजीको माग गर्दे बिरोध सभा सम्पन्न भएको छ ।
तुलसीपुरको विद्युत कार्यालय अगाडिबाट एमसीसी सम्झौता बिराेधी नाराजुलुससहितकाे विराेध प्रदर्शन बिरेन्द्र चोक, बिपि चोक हुँदै बसपार्कमा पुगेर विराेधसभामा परिणत भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङ जिल्ला सचिव नरेन्द्र बञ्जाडेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिकाे रुपमा नेकपा (क्रान्तिकारी माआवादी) दाङ जिल्ला इञ्चार्ज समीर केसी, क्रान्तिकारी युवा लिग नेपालका केन्द्रीय महासचिव दिल बहादुर कठायत, देशभक्त जनगणतान्त्रिक मोर्चा दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरे , अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय महासचिव रामजि चौधरीलगायतका वक्ताहरूले विराेध मन्तव्य राख्नु भएकाे थियाे ।
उहाँहरुले एमसीसी सम्झाैता नेपाल र नेपाली जनताको हितमा नरहेको र नेपाल रणनीतिक रुपमा द्वन्द्वग्रस्त अवस्थामा परिणत हुने भएकाले यसकाे खारेजी गर्नुपर्ने बताउनु भयाे । जहाँ अमेरिका छिर्छ त्यो देश खण्डहरमा परिणत हुने बिश्वका घटनाले देखाएकोले कुनै पनि हालतमा एमसीसी सँसदबाट पास गर्न नहुने कुरामा जोड दिनुभएकाे थियाे ।
आउदो संसद अधिबेशनमा एमसीसी संसदमा टेबुल गर्ने र यहीँ अधिबेशनबाट एमसीसी पास गर्ने षड्यन्त्र संसदवादी दलालहरुले गरिरहेकाेले स्वाभिमानी नेपाली जनता आन्दोलनमा उत्रिन आवश्यक रहेकाे भन्दै आन्दाेलनमा उत्रिन जनतालाई अपिल समेत गर्नुभयाे ।
एमसीसी पास भए देश, जनता र हाम्रो भावी पुस्ताले हामीलाई धिक्कार्ने छ र इतिहासले हामी नेपालीलाई सँधै गद्दार भन्नेछ भन्दै उहाँहरुले सम्पुर्ण नेपाली एकजुट भई अान्दोलनमा होमीन अाग्रह गर्नुभयाे ।
विराेधसभाकाे सञ्चालन नेकपा (क्रान्तिकारी माओवादी) सचिवालय सदस्य तिलक बिकले गर्नुभएको थियो ।





























