मंसीर २२ चितवन ।
एमसीसी विरोधमा गठित संयुक्त संघर्ष समिति चितवनको बैठक बसी एमसीसी विरोधमा विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । संघर्षका कार्यक्रममा एमसीसी विरुद्ध हस्ताक्षेर अभियानदेखि चितवन बन्दसम्मका कार्यक्रम छन् ।
निर्धारित कार्यक्रमअनुसार एमसीसी विरुद्ध हस्ताक्षेर अभियानलाई निरन्तरता दिने र त्यसलाई अझ प्रभावकारी बनाउने । २४ गते १२ बजे चितवनको २४ कोठीमा एमसीसी विरोधमा गठित संयुक्त संघर्ष समिति चितवनसंग सम्वन्धीत विभिन्न विद्यार्थी संगठनहरुव्दारा एमसीसी विरुद्ध विरोध कार्यक्रमहरु गर्ने । २५ गते १२ बजे पत्रकार सम्मेलन र २६ गते संयुक्त संघर्ष समिति चितवनको बैठक बसी २७ गते बेलुका ५ बजे को मसाल जुलुस र २८ गतेको चितवन बन्दको कार्यक्रमलाई कसरी प्रभावकारी बनाउनेवारे छलफल गर्ने ।
२७ गते बेलुका ५ बजे को मसाल जुलुस चितवनको नारायणघाटको लायन्स चोकमा गर्ने निर्णय गरिएको छ ।
संयुक्त संघर्ष समितिमा नेकपा(क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा(मसाल), राजमो नेपाल, विप्लव नेत्रित्वको नेकपा र यसको वैधानिक माृेचा्े जागरण मञ्च नेपाल, नेकपा( माले), श्रिषि कटेल नेतृत्वको नेकपा भरत दाहाल नेतृत्वको त्रिमूल पार्टी, फडीन्द्र आचार्यको जन सरोकार मंच नेपाल रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर