एमसीसी विरुद्ध गठित संयुक्त संघर्ष समिति चितवनको बैठक बसी एमसीसी विरोधमा विभिन्न कार्यक्रमहरु गर्ने निर्णय

एमसीसी विरुद्ध गठित संयुक्त संघर्ष समिति चितवनको बैठक बसी एमसीसी विरोधमा विभिन्न कार्यक्रमहरु गर्ने निर्णय

मंसीर २२ चितवन ।
एमसीसी विरोधमा गठित संयुक्त संघर्ष समिति चितवनको बैठक बसी एमसीसी विरोधमा विभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । संघर्षका कार्यक्रममा एमसीसी विरुद्ध हस्ताक्षेर अभियानदेखि चितवन बन्दसम्मका कार्यक्रम छन् ।
निर्धारित कार्यक्रमअनुसार एमसीसी विरुद्ध हस्ताक्षेर अभियानलाई निरन्तरता दिने र त्यसलाई अझ प्रभावकारी बनाउने । २४ गते १२ बजे चितवनको २४ कोठीमा एमसीसी विरोधमा गठित संयुक्त संघर्ष समिति चितवनसंग सम्वन्धीत विभिन्न विद्यार्थी संगठनहरुव्दारा एमसीसी विरुद्ध विरोध कार्यक्रमहरु गर्ने । २५ गते १२ बजे पत्रकार सम्मेलन र २६ गते संयुक्त संघर्ष समिति चितवनको बैठक बसी २७ गते बेलुका ५ बजे को मसाल जुलुस र २८ गतेको चितवन बन्दको कार्यक्रमलाई कसरी प्रभावकारी बनाउनेवारे छलफल गर्ने ।
२७ गते बेलुका ५ बजे को मसाल जुलुस चितवनको नारायणघाटको लायन्स चोकमा गर्ने निर्णय गरिएको छ ।
संयुक्त संघर्ष समितिमा नेकपा(क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा(मसाल), राजमो नेपाल, विप्लव नेत्रित्वको नेकपा र यसको वैधानिक माृेचा्े जागरण मञ्च नेपाल, नेकपा( माले), श्रिषि कटेल नेतृत्वको नेकपा भरत दाहाल नेतृत्वको त्रिमूल पार्टी, फडीन्द्र आचार्यको जन सरोकार मंच नेपाल रहेका छन् ।