क्रान्तिकारी ट्रेड युनियन महासंघ ३ नं. प्रदेश समिति र होटेल डेला अन्नपूर्ण क्यासिनोका पीडित मजदुर संघर्ष समितिको संयुक्त आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

क्रान्तिकारी ट्रेड युनियन महासंघ ३ नं. प्रदेश समिति र होटेल डेला अन्नपूर्ण क्यासिनोका पीडित मजदुर संघर्ष समितिको संयुक्त आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न


मंसिर १८ काठमान्डौ ।
आज अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ३ नं. प्रदेश समिति एवम् होटेल डेला अन्नपूर्ण क्यासिनोको अन्ना पिडीत मजदुर संघर्ष समितिको संयुक्त आयोजनामा आयोजित बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेकपा(क्रान्तिकारी माओवादी)का पोलिटव्यूरो सदस्य तथा केन्द्रीय कार्यालय सचिव इन्द्रमोहन सिग्देल बसन्तको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमको अध्यक्षता अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ ३ नं. प्रदेश समिति संयोजक अर्जुनलाल श्रेष्ठले गर्नु भएको थियो ।


करीब आठ वर्षदेखि संघर्षरत अन्नाका पिडीत ९०२ जना मजदुरहरुमध्ये १६३ जनाले अहिले कानुनी लडाइ पनि गरिरहेका छन्, जसमा सबैको सहमति र हस्ताक्षेर गर्ने अभियानमा उनीहरु भएको जानकारी दिंदै कार्यक्रमका अध्यक्ष अर्जुनलाल श्रेष्ठले अन्नामा १५ वर्ष अमेरिकीको जागिर र ४ वर्ष भारतीय नागरिकको अधिनमा रही काम गरेको तर मजदुरले सञ्चयकोषका रुपमा जम्मागरेको उनीहरुको पैसा समेत नदिएर नांगो हात धपाएको थियो भन्नु भयो ।


कार्यक्रममा विभिन्न सहभागीहरुले मन्तव्य राख्नु भएको थियो, जसमा सन्तोष घिमिरे, केशब ढकाल, डिल्लीराज कोइराला हुनुहुन्थ्यो भने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका तर्फबाट महासंघका अध्यक्ष इश्वर तिमिल्सीना, बद्रिचापागाई, मोहन पाहारी, कुमार घताने, देवी गौली, उद्धव गुरुंग र प्रदीप अस्थानी आदि हुनुहुन्थ्यो । साथै अन्य मजदुर संठनबाट प्रतिनिधित्व गर्ने राजुमान प्र्धान, दिनक लाल श्रेष्ठ र राजकुमार डंगोल हुनुहुन्थ्यो ।


अधिवक्ता फडिन्द्र कार्कीले यसको कानुनी प्रक्रयाका वारे विस्तृत जानकारी दिनुभएको थियो ।
कार्यक्रमको अन्तयमा सम्वोधन गर्दै प्रमुख आतिथी बसन्तले मजदुर आन्दोलनको सैद्धान्तिक तथा वैचारिक पक्षमाथि विस्तृत प्रकाश पार्दै उक्त आन्दोलन प्रति पार्टीको पूर्ण समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन महासंघको केन्द्रीय सचिवालय सदस्य तथा ३ नं. प्रदेश सदस्य दिनेश बड्तौलाले गर्नु भएको थियो ।