मंसीर १२ सूर्खेत
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को प्रथम कर्णाली प्रदेशको भेला विरेन्द्र नगर सुर्खेतमा सम्पन्न भएको छ ।
उक्त भेलामा महासंघका अध्यक्ष तथा नेकपा(क्रान्तिकारी माओवादी )का पोलिट व्युरो सदस्य सिताराम तामाङ्गको प्रमुख आतिथ्यमा र विषेश अतिथि महासंघका महासचिव तथा पार्टीका पोलिट व्युरो सदस्य धनेश्वर पोख्रेल अतिथि पर्टीका केन्द्रीय सदस्य तथा देजमो नेपालका प्रदेश अध्यक्ष दिपकबहादुर शाही र सभाको अध्यक्षता महासंघका कर्णाली प्रदेश संयोजक वमबहादुर शाहीले गर्नु भएको थियो । सभाको संचालन पार्टी प्रदेश समिति सदस्य मदन शाहीले गर्नु भएको थियो ।

हार्दिक शुभकामना !


शुभकामना मन्तव्य दिदै प्रमुख अतिथिले नेपाल विस्तारवादीहरु र साम्राज्यवादीहरुको चङ्गुलमा फसि सकेको छ, यसवाट मुक्त गर्न आम जनतालाई गोलबन्द गरि समग्र आन्दोलन वा जनविद्रोह गर्नु पर्ने र मुक्तिकामी जनताको व्यवस्था जनवादी हो, अब यो व्यवस्थाको विकल्प छैन, भन्नू भयो । एम सि सि , लिपुलेख, लिम्पियाधुरा, कालापानी आज र हिजो सत्तामा हुनेहरुले राष्ट्रियघात गरेका हुन । आज जनतालाई झुठो राष्ट्रवादि ढोंग छरि रहेका छन । यिनिहरुले भ्रमको राजनिती गरेका छन भन्नू भयो ।


संगठनात्मक पक्षका वारेमा महासंघका महासचिव धनेश्वर पोख्रेलले आफ्ना भनाई राख्नु भयो । सो भेलामा आफ्नो शुभकामना मन्तव्य पार्टीका केन्द्रीय सदस्य दिपकबहादुर शाही र देजमो सुर्खेत जिल्ला अध्यक्ष पुर्ण पौडेल, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य हिमाल रसाइलीले आ–आफनो मन्तव्य दिनु भएको थियो ।


उक्त भेलाले बमबहादुर शाहीको अध्यक्षतामा महासंघको ११ सदस्यीय कर्णाली प्रदेश आयोजक समिति गठन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर