काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेकपा (माले), ऋषि कट्टेल नेतृत्वको नेकपा र राष्ट्रिय जनसरोकार मञ्चको संयुक्त आयोजनामा आज जुलुससहितको विरोध प्रदर्शन गर्ने तयारी रहेको नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा चिवतन इन्चार्ज विकासले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज १२ बजे चितवनको नारायणघाटबाट नाराजुलुससहित विरोध पर्दशन गर्दै पुलचोकको लाइन्स चोकमा पुगेर विरोधसभाको आयोजना गरिने छ । विरोधसभालाई आयोजक पार्टी तथा संगठनका नेताहरुले सम्बोधन गर्ने छन् ।

एमसीसी सम्झौताको खारेजी, कालापानी क्षेत्रको जनगणना र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग राखेर विरोध प्रदर्शनको आयोजना गरिएको नेता विकासले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार