
ईश्वरी प्रसाद गैरे÷दाङ
नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी बिद्यार्थी सङ्गठनले आज तुलसीपुरमा बिरोध ¥याली सहित प्रदर्शन गरेको छ । उक्त विरोध ¥यालीमा तुलसीपुर स्थित विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत सयौँको सङ्ख्यामा आएका विद्यार्थीहरूको सहभागिता थियो । विद्यार्थीहरूको ¥याली बजार परिक्रामा गरी विपि चौकमा कोणसभामा परिणत भएको थियो ।

राष्ट्रघाती एमसीसी सम्झौता– खारेज गर, पेट्रोलियम पदार्थमा बढाएको मूल्य– फिर्ता गर, बढ्दो महङ्गी– नियन्त्रण गर, अमेरिकी साम्राज्यवाद– मुर्दावाद, नेपाली दलालहरू हो– होसियार आदि गगनभेदी नाराका साथ विरोध ¥यालीले बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
उक्त बिरोध कोणसभालाई क्रान्तिकारी माओवादीका प्रदेश सेक्रेटरी भुपेन्द्र न्यौपाने, जिल्ला ईन्चार्ज समिर केसी अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मनोज थापा लगायतले सम्बोधन गरेका थिए । वक्तहरूले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता खारेज गर्नुपर्ने, पेट्रालियम पदार्थ, एलपी ग्यास लगायतमा सरकारले गरेको अस्वाभाविक मुल्यबृद्धिले फिर्ता लिनुपर्ने बताएका थिए । पेट्रोलियम पदार्थ र एलपी ग्यासको चर्को मूल्यवृद्धिले दैनिक उपभाग्य सामानहरूमा समेत असर परेर चर्को मूल्य वृद्धि भई जनताको ढाड सेकिएको भन्दै यो निर्णय तत्काल फिर्ता लिन माग गरेका थिए । कोण सभाको सहजिकरण क्रान्तिकारी युवा लिगका महासचिव दिलबहादुर कठायतले गरेका थिए ।
पार्टी प्रवेस
यसैबिच, सो अवसरमा केही व्यक्तित्वहरूले विभिन्न पार्टी परित्याग गर्दै नेकपा (क्रान्तिकारी माओवादी)मा प्रवेस गरेका छन् । यसरी पार्टी प्रवेस गर्नेहरूमा नेकपा (माओवादी केन्द्र)का पूर्व केन्द्रीय सदस्य भद्रबहादुर पुन (गुराँश), विप्लव समुहको नेकपाको नेता तथा जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य यज्ञबहादुर डाँगी र सोही पार्टीका नेपाली जनप्रगतिशील मोर्चाकापूर्व केन्द्रीय संयोजक देब बोहरा रहेका छन् । उनीहरूले आफ्नो पार्टीले क्रमशः संसोधनवादी लाईन लिएको र जनवादी क्रान्तिको एजेण्डा छोडेको हुनाले सच्चा कम्युनिस्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी) भएकोले त्यसमा प्रवेश गरेको जनाएका छन् ।