एमसीसी पास गर्न अमेरिकी सहायक विदेशमन्त्री लुको अल्टिमेटम, मंसिर २८ भित्र पास गर्न दबाब

एमसीसी पास गर्न अमेरिकी सहायक विदेशमन्त्री लुको अल्टिमेटम, मंसिर २८ भित्र पास गर्न दबाब


काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता पास गर्न नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल सरकारलाई अल्टिमेटम दिएका छन् । उनले एमसीसी परियोजना नेपालले लिने कि नलिने भन्ने विषय यही मंसिर २८ गतेसम्म टुंगो लगाउन समयसीमा तोकेका छन् । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको शुक्रबारको भेटमा सहायक विदेशमन्त्री लुले समयसीमा तोकेर एमसीसीबारे निर्णय गर्न दबाब दिएका हुन् ।


‘नेपालले एमसीसी सम्झौता अघि बढाउने कि नबढाउने भन्ने १४ डिसेम्बरसम्म भन्नु प¥यो । हुन्छ कि हुन्न भन्ने जवाफ चाहियो । नत्र अयन्त्र ट्रान्सफर गर्छौं भन्नु भएको छ’ दाहालसँगको भेटमा भएको कुराकानीबारे उनका स्वीकय सचिव रमेश मल्लले सञ्चार माध्यमलाई बताएका छन् । तर भेटमा अध्यक्ष दाहालले भने स्पष्ट जवाफ नदिएको बताइएको छ ।


सहायमन्त्री लुले शुक्रबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटेर एमसीसीको विषयमा प्रश्न गरेका छन् । उनले यसबारे एमालेको धारणा के हो भन्ने जिज्ञासा राखेका थिए । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार अध्यक्ष ओलीले आफूहरू विपक्षमा रहेकाले यो विषयमा सत्तारुढ दलले केही नभनेको बताएका थिए ।

लुले विहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर एमसीसी चाँडो पास गर्न भनेका थिए ।

यता नेकपा (क्रान्तिकारी माओवादी)ले भने एमसीसी सम्झोता नेपालको स्वाधीनता र सार्वभौमिकताको विरुद्धमा रहेको भन्दै खारेजी गर्न जोडदार माग गरेको छ । एमसीसी पास गराउन दबाब दिन आएका अमेरिकी विदेशमन्त्री लुको नेपाल भ्रमणको विरोधमा आजै क्रान्तिकारी माओवादीले दुईवटा विरोध प्रदर्शन गरेको छ । अमेरिकी दुताबास अगाडि एमसीसी खारेज गरौं भन्ने मूल ब्यानरसहित गरिएको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष अमिर महर्जनसहित १० जनतालाई गिरफ्तार गरेको छ । शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आजै वक्तव्य जारी घोर निन्दा एवम् भत्र्सना गर्दै गिरफ्तार गरिएका नेता कार्यकर्तालाई अविलम्ब रिहा गर्न माग गर्नु भएको छ ।


क्रान्तिकोवादीले आजै माइतीघर मण्डलामा पनि विरोधसभा सम्पन्न गरेको छ । विरोधसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।