संशोधनवाद नाङ्गिसकेको छ, परास्त गर्न क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्छ : इन्द्रमोहन सिग्देल

संशोधनवाद नाङ्गिसकेको छ, परास्त गर्न क्रान्तिकारीहरु एकताबद्ध हुनुपर्छ : इन्द्रमोहन सिग्देल

काठमाडौं । ‘अक्टोबर क्रान्तिको सन्दर्भ र मजदुर आन्दोलनको दिशा’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम इन्द्रमोहन सिग्देलले सुधारवाद र संशोधनवादलाई परास्त नगरी क्रान्ति अगाडि नबढ्ने विचार व्यक्त गर्नुभएको छ ।

अक्टोबर क्रान्तिपूर्व लेनिनले रुसमा सुधारवाद र संशोधनवादका विरुद्ध भीषण संघर्ष गरेको प्रसंगमाथि चर्चा गर्दै नेपालमा पनि नयाँ जनवादी क्रान्तिका लागि सुधारवाद र संशोधनवाद नै मुख्य चुनौतीको रुपमा रहेको बताउनु भयो ।

नेपाली मजदुर आन्दोलनमा पनि सुधारवाद र संशोधनवाद नै हावी रहेको उल्लेख गर्दै अर्थवादका विरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने कुरा औल्याउनु भयो ।

सत्ता बाहेक सबै चिज भ्रम हो भन्ने सत्यलाई कम्युनिस्ट क्रान्तिकारीहरुले सँधै प्रमुख रुपमा लिनुपर्ने र सबै समस्याको समाधान विचार र राजनीतिमा खोज्नुपर्ने कुरामा पनि दिशानिर्देश गर्नुभयो ।

अहिले सुधारवाद र संशोधनवाद नाङ्गिसकेकोले त्यसलाई पराजित गर्न सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध हुनपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल ट्रेड युनियन महासंघले अक्टोबर क्रान्ति १०४ बर्ष पुगेको सन्दर्भ पारेर सोमबार कुपण्डोल पार्टी कार्यालयमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो ।