
बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) को आयोजनामा मंगलबार बर्दिया जिल्लाको गुलरिया नगरपालिका स्थित राधाकृष्ण चोकमा पेट्रोलियम पदार्थ लगायतका वस्तुमा मूल्यबृद्धि गरेको विरुद्ध बिरोध कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको संचालन जिल्ला पार्टी सचिव कमरेड बिपीनले गर्नु भएको थियो । कार्यक्रमको सम्बोधन पार्टीका पिवीएम तथा लुम्बिनी प्रदेश सचिव कमरेड भुपेन्द्र न्यौपानेले गर्नु भयो ।
उहाँले भन्नुयभयो, ‘कठपुतली देउवा सरकारद्वारा पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक वस्तुमा गरिएको मुल्यवृद्धि जनघातको ज्वलन्त उदाहरण हो । साथै, यो विषय मूल्यवृद्धिसंग मात्रै जोडिएको होइन । यो त राज्यसत्ता र व्यवस्था संग जोडिएको प्रश्न हो ।”
उहाँले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार माग गर्नुभयो । अन्यथा, क्रान्तिकारी माओवादी सशक्त संघर्षमा उत्रन बाध्य हुने चेतावनी पनि दिनुभयो ।