दाङ ।
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङ जिल्ला समितिले पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यबृद्धिको बिरोध गर्दै दाङ जिल्लाको सदरमुकाम घोराही तुलसीपुर चोकमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ । विराेध प्रदर्शनलाई नेकपा (क्रान्तिकारी माओवादी) देउखुरी दाङका इञ्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य समिर केसी, थारु राष्ट्रिय मुक्ति मोर्चा का केन्द्रीय महासचिव रामजी थारु, नेकपा (क्रान्तिकारी माओबादी) देउखुरी दाङ जिल्लाका सेक्रेटरी नरेन्द्र बञ्जाडे लगायतका वक्ताहरुले मन्तब्य राखेका थिए। उक्त बिरोध कार्यक्रममा बक्ताहरुले सरकारद्वारा गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे ।
पेट्रोलियम पदार्थको मुल्यबृद्धिले गाडी भाडा ढुवानी लागत बढने, खाद्यान्न लगायतका सामानको मूल्यवृद्धि भएकोले तत्काल मुल्यबृद्धि खारेजी गरि जनतालाई राहत दिन आग्रह गरे ।
कार्यक्रमकाे सञ्चालन पार्टीका सचिबालय सदस्य तिलक बिकले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर